नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि बंगलादेशका राजदुत मासफी विन्टी स्याम्स (H.E. Ms. Mashfee Binte Shams, Ambassador of Bangladesh to Nepal) बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष भवानी राणा समेत रहनु भएको उक्त भेटवार्तामा नेपाल र बंगलादेश बीचको आर्थिक व्यावसायिक सम्बन्ध, निजी क्षेत्रका माध्यमबाट संयुक्त लगानी विस्तार, विशेष आर्थिक क्षेत्र(सेज)मा वंगलादेशको अनुभव लगायतका विषयमा छलफल भयो ।