नेपाल उद्योग वाणिज्य महासंघको सदस्य उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रंगलाल अग्रवाल यही भदौ १२ गते राती अन्दाजी नौ बजेतिर संघकै भवनको भुई तलामा मृत अवस्थामा फेला पर्नु भएको घटनाले नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । यस प्रकारको घटनाप्रति महासंघ दु:ख व्यक्त गर्दछ र यस दु:खद घडीमा महासंघ शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
रहस्मय तरिकाले उद्यमी व्यवसायीको हत्या गरिनुलाई महासंघले अत्यन्त गम्भीरता पूर्वक लिएको छ । घटनाका सम्बन्धमा संघबाट मिति २०७० भाद्र १४ गते जारी विज्ञप्ति अनुसार पूर्व निर्धारित संघको मिति २०७० भाद्र १३ र १४ गते हुने साधारण सभा तथा निर्वाचनको तयारीमा सक्रिय पूर्वक खटिनु भएका अध्यक्ष अग्रवाल भदौ १२ गते राती रहस्मय तरिकाले मृत अवस्थामा भेटिएको घटनाको जतिसक्दो छिटो सत्यतथ्य पत्ता लगाई जन समक्ष ल्याउन महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह समेत गर्दछ ।