»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दलहरुको घोषणापत्रमा समेटिनु पर्ने निजी क्षेत्रका आर्थिक सुझावका सम्बन्धमा नेकपा (एमाले)संग छलफल (२०७०/५/१४)


Meet CPN-UML President

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु भवानी राणा, प्रदीपजंग पाण्डे, पूर्व उपाध्यक्ष दिवाकर गोल्छा तथा कार्यकारिणी समिति सदस्यहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्ष झलनाथ खनाल सहित सो पार्टीका पदाधिकारीहरुसंग आज सो पार्टीको मुख्यालय वल्खुमा संविधानसभाको आगामी निर्वाचन पूर्व दलहरुले तयार गर्ने घोषणापत्रमा समेट्नु पर्ने आर्थिक मुद्दाहरुका विषयमा छलफल गर्‍यो ।

Meet CPN-UML President

सो अवसरमा महासंघका अध्यक्ष महासंघले तयार गरेको निजी क्षेत्रको सुझाव सो पार्टीका अध्यक्ष भलनाथ खनाललाई सो अवसरमा हस्तान्तरण गर्नुभयो । सुझाव हस्तान्तरण गर्नुहुंदै अध्यक्ष वैद्यले राजनीति र अर्थनीतिलाई एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष वैद्यले राजनीतिक दलहरुबाट हुने प्रतिवद्धताबाटमात्र मुलुकको आर्थिक गतिविधि सही दिशा तर्फ जाने हुंदा दलहरुले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका तर्फबाट महासंघले दिएका सुझावहरुलाई समेट्न आग्रह गर्नुभयो । यस क्षेत्रमै नेपाल अनुत्पादक राष्ट्रको रुपमा गैरहेको तर्फ चिन्ता प्रकट गर्दै निर्धारित मितिमै संविधान सभाको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक रुपमा स्थायीत्व र आर्थिक रुपमा सम्पन्न बनाउने तर्फ लाग्न आग्रह समेत गर्नु भयो ।

सो अवसरमा एमाले अध्यक्ष खनालले मुलुकको आर्थिक क्षेत्रलाई नेतृत्व दिइरहेको महासंघले दिएका सुझावहरुलाई अध्ययन गरेर आफ्नो दलको आगामी घोषणा पत्रमा समेट्ने विश्वास दिलाउनु भयो । आर्थिक विकास विना राजनीतिले मात्र मुलुक अगाडी बढ्न सक्दैन भन्नेमा आफू र आफ्नो दल पनि पूर्ण विश्वस्त रहेको प्रसंग राख्नु हुंदै अध्यक्ष खनालले महासंघसंग निरन्तर सम्पर्कमा रहेर आर्थिक मुद्दाहरुमा काम गर्ने विश्वास समेत दिलाउनु भयो । अवको युग पुनरनिर्माणको युग हुने र त्यसको सम्वाहक निजी क्षेत्रनै हुनेमा आफू विश्वस्त रहेको पनि उहांले वताउनु भयो ।

सोही विषयमा महासंघले यसअघि नेपाली कांग्रेससंग छलफल गरेको र छिट्टै अन्य दलहरुसंग पनि छलफल चलाउने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.