»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-चीन गैर सरकारी सहयोग मंचको १२ औं बैठकमा भाग लिन महासंघको प्रतिनिधिमण्डल बेइजिङ प्रस्थान (२०७०/५/१६)


जनवादी गणतन्त्र चीनको राजधानी वेइजिङमा भोलीबाट शुरु हुने नेपाल-चीन गैर सरकारी सहयोग मंच (Nepal-China Non-governmental Cooperation Forum) को १२ औं बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्व महासघको १६ सदस्यीय प्रतिनिधिमण्डल आज विहान त्यसतर्फ प्रस्थान गर्‍यो ।

नेपाल र चीनमा पालैपालो हुने मंचको १२ औं बैठकको आयोजना अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce-ACFIC) ले गरेको हो । निजी क्षेत्रका माध्यमबाट नेपाल र चीन बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आपसी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा सन् १९९६ अप्रिलमा यो मंचको स्थापना गरिएको हो ।

महासंघको कार्यकारिणी समितिका सदस्यहरु चन्द्रप्रसाद ढकाल, साहिल अग्रवाल र प्रकाश वहादुर साउद, गुल्मी उवासंघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, कंचनपुर उवासंघका अध्यक्ष गणेशदत्त जोशी, नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय, सोही संघका निवर्तमान अध्यक्ष रामकृष्ण प्रसाईं, गुल्मी उवासंघका उपाध्यक्ष सेठबहादुर थापा, झापा उवासंघका उपाध्यक्ष गोपालबहादुर थापा क्षेत्री, उद्यमीहरु टासी शेर्पा, छयाङ शेर्पा, नारायण प्रसाद पौडेल, गैर आवासीय नेपाली(चीन) प्रदिप न्यौपाने, मनिषा शर्मा र महासघका सहायक निर्देशक अरुण श्रेष्ठ हुनुहुन्छ ।

पर्सिसम्म चल्ने सो बैठकको पहिलो दिनको उद्घाटन शत्रमा महासंघका अध्यक्ष सुरज वैद्य, एसीएफआइसीका उपाध्यक्ष ली लु (Li Lu, Vice-Chairman of the ACFIC), चीनका लागि नेपालका राजदूत महेशकुमार मास्के, स्टेट डेभलपमेन्ट बैंक सिचुवान प्रान्तका गर्भनर वाङ झुङ, (Wang Zhong, Governor of Sichuan branch of State Development Bank), त्यहांको वाणिज्य मन्त्रालयका पदाधिकारी र चाइना चेम्वर अफ टुरिजमका अध्यक्ष वाङ पिङ (Ms. Wang Ping, the Chairwoman of China Chamber of Tourism) संवोधन गर्नुहुनेछ । यस वर्षको बैठकमा पर्यटन, नविन उर्जाका विषयमा विशेष छलफल हुने छ ।

बैठकमा क्रममा चल्ने प्राविधिक शत्रहरुमा महासंघका अध्यक्ष वैद्यले नेपालको पर्यटन विकास तथा परियोजनाहरु विषयमा आफ्नो प्रस्तुती दिनु हुनेछ भने महासंघको लगानी प्रवर्द्धन फोरमका संयोजक चन्द्रप्रसाद ढकालले नविन उर्जाका विषयमा संवोधन गर्नुहुने छ । ती विषयहरुमा त्यहांको उद्योग वाणिज्य संघहरु China Chamber of Tourism र China New Energy Chamber of Commerce को पनि सक्रिय सहभागिता रहने छ ।

त्यसैगरी बैठकका दौरानमा तीन छुट्टाछुट्टै विषयहरु जस्तो Sichuan Minshan Group sf Deputy General Manager, Mr. Tang Dingxia संग होटल परियोजनामा लगानीका फाइदाहरु (Advantages of investing hotel projects), Beijing Global Travel Planning Design Co.Ltd का General Manager Mr. Qin hongbin संग नेपालमा पर्यटन विकासका योजनाहरु (Nepal tourism development planning), Qunar.com का Vice president Mr. Qian zhen संग नेपालको पर्यटन प्रवद्र्धन (Nepal tourism promotion) का विषयमा छलफल हुने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.