»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उवासंघ मलंगवाका अध्यक्ष अग्रवालको हत्या सम्बन्धमा तत्काल सत्यतथ्य बाहिर ल्याऊ: नेउवामहासंघ (२०७०/५/२०)


नेपाल उद्योग वाणिज्य महासंघको सदस्य उद्योग वाणिज्य सघ सर्लाही(मलंगवा)का अध्यक्ष रंगलाल अग्रवाल भाद्र १२ गते राती मृत अवस्थामा भेटिएको घटना सम्बन्धमा यतिका दिन भैसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउने तर्फ खवर नआउंदा निजी क्षेत्र आश्चर्य चकित परेको छ । संघको वार्षिक साधारण सभाको तयारीका क्रममा कार्य क्षेत्रमा खटिनु भएका अध्यक्ष अग्रवाल रहस्मय तरिकाले मृत अवस्थामा भेटिनु भएको घटनाले उद्यमी व्यवसायी लगायत आम जनताको सुरक्षाप्रति नै गम्भीर चिन्ता उत्पन्न भएको छ । महासंघ यस घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

स्थानीय प्रशासन समक्ष घटना सम्बन्धमा सत्यतथ्य पत्तालगाउन माग गर्दै स्थानीय उद्यमी व्यवसायीहरुबाट बजार व्यवसाय, उद्योग कलकारखाना, यातायात, शैक्षिक संस्था ठप्प गर्दा समेत स्थानीय प्रशासन यस घटनाको छानविन तर्फ खासै अग्रसर नभएको अनुभुति भएको छ । घटनाको पिडीत पक्षबाट किटानी जाहेरी भैसक्दा पनि सत्यतथ्य सम्बन्धमा स्थानीय प्रशासनबाट कुनै सूचना प्रवाह नहुनु दु:खद हो । यता स्व. अग्रवालको परिवार र उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई धम्की आउने गरेबाट स्थानीय उद्यमी व्यवसायीहरु थपचिन्तित भएका छन् भने समय वित्तैजांदा प्रमाणहरु समेत नष्ट हुंदै जानसक्ने तर्फ पनि महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।

लामो समयदेखि स्थानीय बजार व्यवसाय, शैक्षिक संस्था, यातायात बन्द रहंदा स्थानीय जनतामा पर्न गएको असुविधालाई ध्यान दिई तथा घटनाको छानविनमा समेत सहयोग पुऱ्याउने उद्देश्यले महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको उपस्थितिमा स्थानीय व्यवसायीहरुको वुधवार मलंगवामा बसेको आकस्मिक बैठकले जारी बन्दलाई स्थगन गर्दै घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन नेपाल सरकार स्थानीय प्रशासनलाई निरन्तर दवाव दिने निर्णय गरेको छ ।

अत: घटनाको सम्बन्धमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरी सो सम्बन्धमा तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनको कठघरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गर्दै आम जनताको जीवनरक्षाको प्रत्याभुति दिलाउन महासंघ नेपाल सरकारसमक्ष गम्भीर आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.