»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल–चीन गैर सरकारी सहयोग मंचको १२ औं बैठक सम्पन्न पर्यटन र नविकरणीय उर्जामा नेपालमा सहकार्य गर्न चिनिया उद्यमीहरु उत्साहित (२०७०/५/२३)


12th NCNGCF Meeting

नेपाल–चीन गैर सरकारी सहयोग मंच (Nepal-China Non-governmental Cooperation Forum) को १२ औं बैठक चीनको राजधानी वेइजिङमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त बैठकमा भाग लिई चीनको सांघाई र चेन्दु लगायतका शहरहरुको व्यवसायिक भ्रमण समेत सम्पन्न गरी नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य तथा अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce-ACFIC) का उपाध्यक्ष ली लु (Li Lu, Vice-Chairman of the ACFIC) ले नेतृत्व गर्नुभएको थियो । नेपाल र चीनमा पालैपालो हुने मंचको यस पटकको १२ औं बैठक एसीएफआइसीको आयोजनामा भएको हो । बैठक भदौ १८ गते आयोजना गरिएको थियो ।

निजी क्षेत्रका माध्यमबाट नेपाल र चीन बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आपसी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेउवामहासंघ र एसीएफआइसीद्वारा सन् १९९६ अप्रिलमा यो मंचको स्थापना गरिएको हो ।

बैठकमा दुवै देश बीच स्थल तथा हवाई यातायातको विकास मार्फत पर्यटन प्रवद्र्धन गरी दुवै देशका जनतालाई लाभान्वित वनाउने कार्यमा विशेष जोड दिइयो । सो बैठकमा नवीकरणीय उर्जाको विकासमा पनि सहकार्यमा जोड दिइयो । नेपाल लगायत दक्षिण एशियामा उर्जाको अभावलाई चीनसंगको सहकार्यमा नविकरणीय उर्जाको विकास गरी उक्त अभावलाई पूर्ति गर्न सकिनेमा बैठकमा एकमत रहेको पाइयो ।

बैठकमा नेपालमा सौर्य उर्जामा त्यहांको प्रतिष्ठित कम्पनी ह्यानर्जी (Hanergy), होटल तथा पर्यटनमा चिनियां पर्यटन व्यवसायीहरुको संस्था China Chamber of Tourism का सदस्य लगायतका कम्पनीहरुले लगानीका लागि इच्छा देखाएका छन् । मंचका सदस्य लगायत चिनिया लगानीकर्ताहरुको समेत सहभागिता रहेको सो बैठकलाई महासंघका अध्यक्ष बैद्यले संवोधन गर्नुहुंदै नेपालमा होटल लगायत पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न चिनियां पक्षलाई विशेष आव्हान गर्नु भएको थियो । मंचको स्थापना पश्चात मंचका माध्यमबाट प्राप्त उपलव्धिलाई अझ बढी विस्तार गर्नुपर्नेमा जोड दिंदै उहांले पर्याप्त सम्भाव्यतालाई उजागर गर्न मंचको परिकल्पनाकार दुवै महासंघ अत्यन्त निकटमा रहेर कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

12th NCNGCF Meeting

एसीएफआइसीको तर्फबाट नेतृत्व गरिरहनु भएको उपाध्यक्ष ली लुले चिनियां सरकार आफ्ना व्यवसायीहरुलाई नेपाली व्यवसायीहरुसंग विभिन्न क्षेत्रमा सहकार्य गर्दै नेपालको विकास प्रयासमा सहयोग गर्न अग्रसर रहेको विश्वास दिलाउंदै आफ्नो संस्था एसीएफआइसी पनि नेपाल उद्योग वाणिज्य महासंघसंगको सहकार्यमा लगानी विस्तार गरी नेपालको अर्थतन्त्रमा योगदान गर्न तयार रहेको बताउनु भयो ।

चीनका लागि नेपाली राजदुत डा. महेशकुमार मास्केले नेपाली दुतावास दुई देशको व्यापार, व्यवसाय, लगानी, पर्यटन प्रवद्र्धनमा हमेशा सहयोगी भूमिका खेल्ने आश्वासन दिनु हुंदै पर्यटन र नविकरणीय उर्जाको मिलनबाट नेपालको दीगो विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । साथै उहांले यस वर्ष नेपालमा १ लाख चिनियां पर्यटकहरु आएको र यो संख्या निकट भविष्यमा अझ बढ्ने भएकोले दुई देश बीचको पर्यटन प्रवद्र्धनबाट लाभान्वित हुने प्रशस्त ठाउं रहेको वताउनु भयो ।

बैठकका क्रममा आयोजित प्राविधिक शत्रहरुमा महासंघका अध्यक्ष वैद्यले नेपालको पर्यटन विकास तथा परियोजनाहरु विषयमा आफ्नो प्रस्तुती दिनुभयो भने महासंघको उर्जा फोरमका संयोजक चन्द्रप्रसाद ढकालले नविन उर्जाका सम्भावनाहरु बारे संवोधन गर्नुभयो । ती सत्रहरुमा त्यहांको उद्योग वाणिज्य संघहरु China Chamber of Tourism र China New Energy Chamber of Commerce को सक्रिय सहभागिता रहेको थियो । दुवै सत्रमा गरी करिव ८० जना चिनियां व्यवसायीहरुको उत्साहजनक सहभागिता थियो ।

बैठकको उद्घाटन शत्रमा स्टेट डेभलपमेन्ट बैंक सिचुवान प्रान्तका गर्भनर वाङ चोङ, (Wang Zhong, Governor of Sichuan branch of State Development Bank), त्यहांको वाणिज्य मन्त्रालयका पदाधिकारी र चाइना चेम्वर अफ टुरिजमका अध्यक्ष वाङ पिङ (Ms. Wang Ping, the Chairwoman of China Chamber of Tourism) ले पनि संवोधन गर्नुभएको थियो । बैठकमा पर्यटन तथा नविन उर्जाका विषयमा सघन छलफल भएको थियो ।

उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु साहिल अग्रवाल र प्रकाश वहादुर साउद, गुल्मी उवासंघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, कंचनपुर उवासंघका अध्यक्ष गणेशदत्त जोशी, नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय, सोही संघका निवर्तमान अध्यक्ष रामकृष्ण प्रसाईं, गुल्मी उवासंघका उपाध्यक्ष सेठबहादुर थापा, झापा उवासंघका उपाध्यक्ष गोपालबहादुर थापा क्षेत्री, उद्यमीहरु श्रीमति टासी, छयाङ शेर्पा, अटोवेज प्रा.लि. का प्रवन्ध निर्देशक नारायण प्रसाद पौडेल, गैर आवासीय नेपाली (चीन) का सचिव प्रदिप न्यौपाने र सदस्य मनिषा शर्मा, र महासघका सहायक निर्देशक अरुण श्रेष्ठ सहभागि हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.