»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष वैद्य र कतारका राजदूत अहमद बीच भेटवार्ता (२०७०/५/२५)


Meeting with H.E. The Ambassador of Qatar

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि कतारका राजदुत अहमद जासेन अल्लाहमर (H.E. Mr. Ahmed Jasheen Allahamar, Ambassador of Qatar to Nepal) बीच आज महासंघ सचिवालयमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कर तथा राजश्व समिति सभापति जगदिश प्रसाद राठी, महानिर्देशक डा. हेमन्त दवाडी समेत रहनु भएको सो अवसरमा नेपाल र कतार बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानीका सम्भाव्य क्षेत्रहरु, नेपालमा कतारी पर्यटकहरुको आगमन लगायतका विषयमा कुराकानी भयो । साथै कतारमा नेपालीका लागि रोजगारीको थप सम्भाव्यता तथा आवश्यकताका विषयमा पनि छलफल भयो ।

सो अवसरमा महासंघका तर्फबाट अध्यक्ष वैद्यले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु जस्तो पूर्वाधार विकास, पर्यटन, जलश्रोत, व्यवसायिक कृषि, खनिजजन्य क्षेत्रहरुमा कतारी लगानी आकर्षणमा पहल हुन राजदुत समक्ष आग्रह गर्नुभयो । साथै उहांले महासंघले सन् २०१४ मा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा कतारको सहभागिताका लागि राजदुतावासका तर्फबाट सहयोगका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल र कतार बीचको आर्थिक विस्तारमा पनि विशेष जोड दिइयो । एक तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०११-१२ मा नेपालबाट करिव रु. ७ करोड मुल्य वरावरका नेपाली वस्तुहरु कतार निर्यात भएको पाइन्छ भने कतारबाट रु. ६९ करोड मुल्य वरावरका वस्तुहरु आयात भएको देखिन्छ ।

Meeting with H.E. The Ambassador of Qatar

अत्यन्त न्यून रहेको द्विपक्षीय आर्थिक व्यापारिक कारोवारलाई बढाउनु पर्ने र के कस्ता वस्तुहरुको आयात निर्यातको सम्भाव्यता छ, त्यसका लागि दुवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरु बीच समन्वयको खांचो औल्याइयो । नेपालबाट चाउचाउजन्य वस्तुहरु, हाते गलैचा निर्यात भएको पाइन्छ भने त्यहांबाट प्लाष्टिक्सजन्य तथा विद्युतीय सामग्रीहरु आयात भएको पाइन्छ ।

सो अवसरमा राजदुत अहमद जासेन अल्लाहमरले महासंघसंगको अन्तरक्रिया आफ्ना लागि निकै महत्वपूर्ण रहेको र महासंघले दिएका सुझावहरु दुई देश बीचको आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने विचार राख्दै कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.