»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















विभिन्न निर्णयहरु गर्दै महासंघको कार्यकारिणी समितिको बैठक बुटवलमा सम्पन्न (२०७०/६/१३)


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको १४ औं बैठक महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आज वुटवलमा सम्पन्न भयो । महासंघको सदस्य बुटवल उद्योग वाणिज्य संघको विषेश आतिथ्यतामा सम्पन्न उक्त बैठकले निम्न निर्णय गरेको छ:

१. कर, राजश्व तथा भन्सार सम्बन्धमा हाल देखिएका विभिन्न समस्याहरु विकराल बन्दै गएकोले महासंघले लिनु पर्ने कार्यदिशा निर्धारण गर्न यसै हप्ता अर्थात २०७० असोज १८ गते काठमाडौंमा महासंघका पूर्व अध्यक्षहरु, जिल्ला उवासंघका अध्यक्षहरु, वस्तुगत संघका अध्यक्षहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्षहरु, महासंघका कार्यकारिणी समिति सदस्यहरु, पूर्व अर्थमन्त्री, नेपाल सरकारका उच्चस्तरमा बसेर नीति निर्माण गर्ने व्यक्तिहरु सम्मिलित वृहत अन्तरक्रिया गर्ने र उक्त बैठकमा हाल उद्यमी व्यवसायीले भोगेका राजश्व एवं कर सम्बन्धी समस्या र तिनको निराकरणका लागि हुनु पर्ने व्यवस्था बारे प्रस्तुति तयारी गर्नका लागि विशेषज्ञहरुको समेत सहयोग लिने,

२. चितवनको लक्ष्मी वस्त्रालयलाई मुअकर सम्बन्धमा जांच अधिकारीद्वारा निर्धारण गरिएको कर जरिवानालाई अन्यायपूर्ण मान्दै त्यसको समाधानका लागि राष्ट्रियस्तरमै पहल गर्ने,

३. युवा स्वरोजगार कोषबाट स्वरोजगार अभिमुखीकरण तालीमका लागि प्राप्त रकमको खर्चको सम्बन्धमा भएको लेखा परिक्षण प्रतिवेदनको जवाफ तयार पारी सम्बन्धित निकायमा पठाउन सचिवालयलाई निर्देशन गर्ने,

४. महासंघको सचिवालयको संरचना बारे स्थायी समितिको निर्णयको जानकारी लिंदै सचिवालयको व्यवसायीकरणको प्रक्रिया अघि बढाउने,

५. महासंघको वार्षिक साधारण सभा लगायत आगामी कार्यक्रमका वारेमा तयारी गर्न सचिवालयलाई निर्देशन दिने,

६. बुटवलमा औद्योगिक कोरिडोर निर्माण एवं सञ्चालन गर्ने सम्बन्धमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार बुटवल उद्योग वाणिज्य संघ सम्मिलित नेउवामहासंघको संयोजकत्वमा नेपाल सरकारसंग पहल गर्ने,

७. मलंगवा उद्योग वाणिज्य संघका अध्यक्षको शंकास्पद अवस्थामा भएको मृत्युको छानविनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दै अन्यथा राष्ट्रियस्तरमै दवावमुलक कार्यक्रम अगाडि बढाउने । उक्त बैठकमा दिवंगत रंगलाल अग्रवालको सम्झनामा १ मिनेट मौनधारण समेत गरियो ।

८. महासंघको कार्यकारिणी समितिको बैठकको आतिथ्यता गरेकोमा बुटवल उद्योग वाणिज्य संघलाई धन्यवाद दिने ।

बैठकमा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा, प्रदिपजंग पाण्डे, पशुपति मुरारका तथा कार्यकारिणी समिति सदस्यहरु सहभागि हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.