»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका पदाधिकारी र युनान प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा व्यवसायिक भेटवार्ता (२०७०/६/१५)


Meet Chinese Delegation

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसंग नेपाल भ्रमणमा आएको चीनको युनान प्रान्तको व्यवसायिक प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटवार्ता गरी नेपाल र युनान बीच आर्थिक सहकार्यका विषयमा छलफल गऱ्यो । १३ सदस्यीय उक्त व्यवसायिक प्रतिनिधिमण्डल युनानको वाणिज्य विभाग महाशाखा उपप्रमुख च्याउ थाओ (Ms. Jiao Tao, Deputy Division Chief, Department of Commerce of Yunnan, Province, China) को नेतृत्वमा आएको हो ।

महासंघको शहरी विकास फोरमका सभापति ओमबहादुर राजभण्डारी, ब्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याण ताम्राकार तथा स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल हिमालय सिमापार वाणिज्य संघ लगायतका संस्थाहरुको सहभागिता रहेको सो भेटवार्तामा नेपालमा चिनिया लगानी, पर्यटन, व्यापार प्रवद्र्धन, खानीजन्य उद्योग, शहरी विकास, भौतिक पूर्वाधार, आवास, जलविद्युत आदि क्षेत्रमा सहकार्यमा जोड दिइयो ।

साथै सो अवसरमा महासंघको तर्फबाट युनान प्रतिनिधिमण्डल समक्ष महासंघले आगामी सन् २०१४ को मार्च ६ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा युनानका प्रतिष्ठित व्यवसायिक कम्पनी, उद्योग प्रतिष्ठान र उद्यमी व्यवसायीहरुको सहभागिताका लागि निम्तो समेत दिइएको थियो । चीनको युनान प्रान्त र नेपालको भौगोलिक बनावट तथा हावापानी मिल्दोजुल्दो रहेकाले लगानी तथा पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भाव्यता रहेको पनि सो अवसरमा छलफल भयो ।

Meet Chinese Delegation

स्मरणीय छ, नेपाल उद्योग वाणिज्य महासंघले युनान प्रान्तको कुन्मिङमा वर्षेनी आयोजना हुने चाइना साउथ एशिया वीजनेश फोरम तथा कुन्मिङ अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउंदै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.