»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका क्रममा चीनमा रहेको महासंघ प्रतिनिधिमण्डल महत्वपूर्ण भेटघाट एवं छलफलमा व्यस्त (२०७०/७/४)


China Visit

चीनमा नेपालको उद्योग व्यवसायको प्रवद्र्धन एवं नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुनमा काठमाडौंमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको निमन्त्रणा दिने उद्देश्यले डेढ साता लामो चीनको भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको व्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकार सहितको टोली यतिखेर चीनको विभिन्न शहरहरुमा आपसी भेटघाट एवं छलफलमा व्यस्त रहेको छ ।

असोज ३० गते त्यसतर्फ प्रस्थान गरेको महासंघको प्रतिनिधिमण्डलले आज त्यहांको वाणिज्य मन्त्रालयको व्यापार विकास अन्तरतगत व्यापार प्रवद्र्धन विभागका उपमहानिर्देशक चु चोंगसिंग (Zhu Zhongxing, Deputy Director General, Trade Promotion Division of Trade Development, Ministry of Commerce), निर्देशक झु सुआई (Mr. Zhu Shuhai, Director) संग भेटगरी नेपाल र चीन बीचको आपसी व्यापार प्रवद्र्धन तथा नेपाली वस्तुहरुको चीनमा प्रवद्र्धनका विषयमा छलफल गऱ्यो । सो अवसरमा उक्त निकायका उच्चपदस्थ सरकारी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो

China Visit

त्यसैगरि महासंघको प्रतिनिधिमण्डलबाट कार्तिक १ गते चीनको ग्वाङदोङ प्रान्तस्थित ग्वाङझाउमा चीनिया व्यावसायिक परिषद् (सीसीपीआइटी…) का उपाध्यक्ष डा. लु विङझि (Dr. Luo Bingzhi, Vice president, CCPIT, Guangdong, Guangzhou), सो संस्थाको प्रदर्शनी विभागका सहनिर्देशक हू विन मिनसंग भेटगरी ग्वाङझाउ र काठमाडौं बीचको व्यापार प्रवद्र्धन र ग्वाङझाउबाट नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तो पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रहरुमा द्विपक्षीय सहयोगका विषयमा छलफल भयो ।

सो बैठकका क्रममा आगामी मंसिरमा सीसीपीआइटी (गोङदोङ) का उद्यमी व्यापारीहरुको एक प्रतिनिधिमण्डल नेपाल आउने र सोक्रममा नेपाल चीन बीचको व्यापार सन्तुलन कायम राख्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघसंग एक वृहद कार्यक्रम आयोजना गर्ने समेत सहमती भएको छ । यसका लागि आगामी बैठकमा द्विपक्षीय सहयोग एवं व्यवसायिक आदान प्रदानको विषयलाई मुख्य रुपमा उठाइने छ ।

सोही दिन महासंघको प्रतिनिधिमण्डलले चीनको गोङदोङ प्रान्तको ग्वाङझाउमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक ठूलो भनिएको अन्तराष्ट्रिय व्यापार मेला क्यानटोन फेयरको आयोजक संस्थाका पदाधिकारीहरुसंग पनि भेट गऱ्यो । नेपालको तुलनात्मक लाभका वस्तु प्रवद्र्धनका लागि सो अन्तराष्ट्रिय व्यापार मेलामा वृहद सहभागितामा सहयोग गर्ने सम्बन्धमा छलफल भयो । उक्त मेलामा यसवर्ष पनि नेपालबाट ठूलो संख्यामा उद्यमी व्यवसायीको सहभागिता रहेको जानकारी गराउंदै आगामी वर्ष देखिको सहभागिता र नेपालको प्रदर्शनीका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरियो ।

भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सीसीपीआइटीका उपाध्यक्ष, यूनान प्रान्तिय सरकारको वाणिज्य मन्त्रालय अन्तरगत वाणिज्य विभागका उपनिर्देशक चा छाउतङ चाल्स (Mr. Zha Chaodeng-Charles, Deputy Director, Department of Commerce of Yunnan Province), लगायत उच्च अधिकारीहरुसंग भेटगरी युनान प्रान्त र नेपाल वीचको द्धिपक्षिय व्यापार प्रवर्धन तथा नेपालसंगको व्यापार घाटा कम गर्ने विषयमा छलफल गऱ्यो । विषेशत केहि समय देखि चिनिया पर्यटकहरुमा वृद्धि हुंदै गएकाले कुुनमिन काठमाडौंमा हवाई उडान थप गर्नुपर्ने, नेपालको प्रतिस्प्रर्धात्मक तथा तुलनात्मक लाभका प्राथमिक ग्राह्यताका वस्तुहरुको प्रवद्धर्नका लागि यूनान प्रान्तको कुनमिनमा छुट्टै नेपाली व्राण्डहरुको प्रवद्र्धनात्मक प्रदशर्न—घर को व्यवस्था गर्ने सम्बन्धमा समेत सकारात्मक छलफल भयो ।

China Visit

कुनमिनमा हुने ूचीन तथा दक्षिण एसियाली व्यावसायिक मन्चू र कुनमिन अन्तराष्ट्रिय प्रदशर्नीमा नेपाल उद्योग वाणिज्य महासंघको महत्वपूर्ण एवं सक्रिय भूमिकाका लागि सीसीपीआइटीका उपाध्यक्षले सराहना गर्दै आगामी दिनमा अझ बढी सक्रियताको अपेक्षा गर्नु भयो । निरन्तर संपर्क र उद्योग वाणिज्यको द्विपक्षीय सहयोग आदान प्रदान, महासंघको वेव साइटसंग सीसीपीआइटी(यूनान)को वेवसाइट लिंकअप गर्ने विषयमा समेत महत्वपूर्ण छलफल भयो ।

त्यसैगरि महासंघको प्रतिनिधिमण्डलले आगामी वुधवार सीसीपीआइटी क्षेङदु (CCPIT Chengdu) का पदाधिकारिसंग भेटघाट गरि नेपाल र क्षेङदु बीचको आर्थिक व्यापारिक सम्वन्ध विस्तार, आपासि सहकार्य, चौधौं वेस्टर्न चाइना अन्तराष्टिय व्यापार मेला (14th Western China International Trade Fair) मा नेपालको सहभागिता विषयमा छलफल हुने कार्यक्रम रहेको छ । सो क्रममा महासंघको प्रतिनिधिमण्डलबाट आगामी वर्ष काठमाडौंमा आयोजना हुने चौथो अन्तराष्ट्रिय नेपाल व्यापार मेलामा चीनको सहभागिताको लागि निमन्त्रण समेत दिने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.