»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा राजनीतिक दलका शीर्षस्थ नेताहरुसंग राष्ट्रिय वहस कार्यक्रम आयोजना गर्ने (२०७०/७/१०)


Political Dialogue

निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभित्र राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक मुद्दाहरुमा राजनीतिक दलहरु बीच न्यूनत साझा सहमती कायम गराउने र राजनीतिक दलहरुको निर्वाचन घोषणापत्रमा आर्थिक मुद्दाहरुलाई प्रमुख प्राथमिकतामा राख्न निरन्तर सल्लाह सुझाव तथा दवाव दिंदै आएको सर्वविदितै छ ।

यसको फलस्वरुप राजनीतिक दलहरु बीच अव आर्थिक मुद्दाहरुमा न्यूनतम साझा सहमती हुनै पर्छ भन्ने मतक्यैता पाइएको छ । राजनीतिक दलहरुमा पनि अव आर्थिक मुद्दालाई पछाडी पारेर राजनीतिक मुद्दामात्र अगाडी सारेर मात्र मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरामा एक प्रकारको मतक्यैता आउन थालेको आभास निजी क्षेत्रलाई हुन थालेको छ । यो पटकको चुनावी घोषणापत्रमा आर्थिक मुद्दाहरुलाई दिएको विशेष प्राथमिकताबाट अव राजनीतिक दलहरु विस्तारै निजी क्षेत्रले उठाउंदै आएका मुद्दातर्फ आफूलाई केन्द्रीत गर्न थालेको महसुस निजी क्षेत्रले गर्न थालेको छ । अव राजनीतिले अर्थनीतिलाई होइन की अर्थनीतिले राजनीतिलाई डोऱ्याउंदै जाला भन्ने झिनो आशा निजी क्षेत्रलाई हुन थालेको छ ।

यस वर्षको मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनलाई सफल पार्नु यो मुलुकका सवै राजनीतिक दल, पेशा व्यवसाय, वर्ग क्षेत्र, समुदायको प्रमुख कर्तव्य हो । निर्वाचन पश्चात राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा आम जनता सामुन्ने गरेको प्रतिवद्धता अनुसार एक वर्ष भित्र मुलुकलाई नयां संविधान दिएर मुलुकलाई संक्रमणकालको परिस्थितिबाट पार लगाउनै पर्दछ । संक्रमणकालको अन्त्यसंगै मुलुकलाई आर्थिक विकासको मार्गतर्फ डोऱ्याउनु पर्नेमा सवै राजनीतिक दलहरुको बीचमा सहमती रहेको छ जस्तो निजी क्षेत्रलाई लाग्दछ । चुनाव अगाडी दलहरुले आम जनतामा गरेका प्रतिवद्धता कतिपय अवस्थामा चुनाव पश्चात विर्सदै जाने गरेको अनुभुति हाम्रो छ । यस्तो क्रम जति जारी रहन्छजसले दलहरु जनताबाट विमुख हुदै छन् भने त्यतिनै राजनीतिक दलहरु विश्वासयोग्य हुदैनन भन्ने संदेश जान्छ र जनतामा प्रजातान्त्रिक व्यवस्थाप्रतिनै वितृष्णा बढ्न थाल्छ । निश्चयनै यो कुनै पनि लोकतन्त्रमा आस्था राख्ने शक्तिका लागि हितकर हुंदैन ।

यसै सेराफेरोमा मंसिरको ४ को संविधानसभा निर्वाचनका क्रममा मुलुकका प्रमुख राजनीतिक दलहरुले आमजनता, वर्ग, समुदाय समक्ष गरेका वाचा, प्रतिवद्धता र उनीहरुले चुनावी घोषणापत्रमा बांडेका आश्वासनहरुलाई व्यवहार त उतार्न तथा उनीहरुलाई आम जनताप्रति जिम्मेवार, वफादार, जवाफदेही बनाउन नैतिक दवाव दिने उद्देश्यले यस वर्ष पहिलो पटक निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले क्षेत्रीय र केन्द्रीय रुपमा दलका नेताहरु बीच घोषणापत्र र दलका धारणा प्रष्ट पार्ने उद्देश्यले एक राष्ट्रिय वहसको कार्यक्रम शुरु गरेको छ ।

यस्ता वहसहरु विभिन्न मुलुकमा गर्ने अनुभव प्राप्त गरिसकेको अन्तराष्टिय संस्था National Democratic Institute for International Affairs (NDI) को सहकार्यमा आगामी संविधानसभाको निर्वाचनमा भाग लिने प्रमुख दलका नेताहरु बीच यस्तो वहसको कार्यक्रम आजै विराटनगरमा आयोजना हुंदैछ भने आगामी कार्तिक १३ गते काठमाडौंमा आयोजना हुंदैछ । विराटनगरको वहसमा पूर्वाञ्चल क्षेत्रबाट चुनावमा उठेका प्रमुख दलका प्रमुख नेताहरुको सहभागिता छ भने काठमाडौंमा हुने वहसमा शीर्षस्थ नेताहरुको सहभागिता हुने छ । कार्यक्रमको मुख्य उद्देश्य राजनीतिक दलहरु बीच उनीहरुको घोषणापत्रमा आधारित भई वहस चलाएर राष्टका विभिन्न मुद्दाहरुमा विश्लेषण गरी आर्थिक सामाजिक प्रगतिका लागि उनीहरुको धारणा प्राष्ट पार्न लगाउनु र आम नागरिकलाई आगामी संविधान सभाको निर्वाचनमा उपयुक्त उम्मेदवार र दल छान्ने अवसर प्रदान गर्नु हो ।

काठमाडौंको हायात होटलमा दिनको ४ बजे हुने वहस कार्यक्रमलाई टेलिभिजन तथा एफएम रेडियोहरुले प्रत्यक्ष प्रसारण गर्ने छन् । वहसको विषय नेपालको राजनीतिक र आर्थिक विकास (Nepal’s political and economic development) रहेको छ । वहस कार्यक्रमबाट सहभागीहरुलाई आफ्ना नेताहरु समक्ष प्रत्यक्ष प्रश्न राख्ने उनीहरुको प्रतिवद्धता लिने अवसर मिल्ने छ । समग्रमा कार्यक्रमबाट राजनीतिक दलहरुलाई जिम्मेवार, जनउत्तरदायी र आम जनताप्रति जवाफदेही बनाउन मद्दत मिल्ने आशा गरिएको छ । काठमाडौंको हायात होटलमा हुने केन्द्रीय वहसमा मुलुकका प्रमुख राजनीतिक दलहरु एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनाधिकार फोरम नेपाल प्रजातान्त्रिक, मधेशी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले र सद्भावना पार्टीलाई निमन्त्रणा गरिएको छ । राष्टिय जीवनका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने महानुभावहरुको उपस्थितिमा उहांहरुले सहभागी राजनीतिक दलहरु समक्ष उनीहरुको भावी कार्यक्रम, विकास योजना, प्रतिवद्धताका सम्बन्धमा आआफना प्रश्न तथा जिज्ञासाहरु राख्ने छन् ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, एनडीआइका नेपाल देशिय प्रमुख किन्जा किर्तित (Kenza Aqertit, NDI- Nepal Country Director) ले कार्यक्रमका वारेमा संवोधन गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.