»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ प्रतिनिधिमण्डलद्वारा नेकपा-माओवादी अध्यक्षसंग भेटी बन्द फिर्ता लिन आग्रह (२०७०/७/२२)


Meet Kiran Vaidya

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष पशुपति मुरारका सहित उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी-माओवादीका अध्यक्ष मोहन वैद्य किरणसंग आज सो पार्टीको कार्यालय वुद्ध नगरमा भेटी ३३ दलले आव्हान गरेको आम हडताल र नेपाल बन्द कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष वैद्यले यस्ता बन्दजन्य कार्यक्रमहरु आव्हान गर्दा आम सर्वसाधारणको दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर धक्का पर्ने तर्फ ध्यानाकर्षण गराउंदै अविलम्व बन्द कार्यक्रम फिर्ता लिन आग्रह गर्नु भयो । साथै उहांले यस्ता गतिविधिले कुनै पनि राजनीतिक दल र समूहलाई फाइदा नपुर्‍याउने पनि बताउनु भयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाको निर्वाचनमा जान आफूहरु तयार हुंदाहुंदै पनि केही राजनीतिक दलहरुले वातावरण नवनाई दिएकाले बन्द हड्ताल जस्ता कार्यक्रम ल्याउन बाध्य भएको धारणा राख्नु भयो । साथै उहांले समस्या समाधानका लागि निजी क्षेत्रले पहल गर्नुपर्ने समेत बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.