»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघ स्थायी समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न (२०७०/७/२४)


आसन्न संविधानसभाको निर्वाचन पूर्व ३३ दलद्वारा भोलीदेखि आव्हान गरिएको आम हड्तालका विषयमा छलफल गरि निजी क्षेत्रको धारणा तय गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा आज महासंघ सचिवालयमा वसेको स्थायी समितिको बैठक निम्न निर्णयहरु गर्दै सम्पन्न भयो । बैठकमा विभिन्न पेशागत संघ सस्थाहरुको आमन्त्रितको रुपमा उपस्थिति थियो ।

निर्णयहरु:

क. भोलिदेखि गर्ने भनिएको आम हड्ताल तथा चक्काजाम कार्यक्रम मुलुकको जटिलपरिस्थितिलाई समेत विचार गरी फिर्ता लिन महासंघ सहित सम्पूर्ण संघ संस्था पेशा व्यवसायका तर्फबाट आज सांझ ८ बजे आन्दोलनको नेतृत्व गरिरहेको दल नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई भेटी पुन एकपटक आग्रह गर्ने,

ख. मुलुकलाई अहिलेको चरम संकटबाट निकास दिन निर्वाचननै एकामात्र विकल्प भएको र निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने कार्यमा कहिकतैबाट पनि अवरोध गर्न नहुने । यसका लागि नेपाल सरकार, प्रमुख राजनीतिक दलहरुमा विद्यमान राजनीतिक समस्यालाई तत्काल राजनीतिक संवोधन गर्न आग्रह गर्ने,

ग. जुनसुकै प्रकारको वन्दको चेपुवामा अन्तत आम जनतानै पर्ने, मुलुकको अर्थतन्त्रमाथि गम्भीर प्रहार हुने, आम जनताको दैनिक जीवनयापननै ठप्प हुने हुंदा निजी क्षेत्रले त्यसको विरोध गर्ने,

घ. वर्तमान परिस्थितिलाई निजी क्षेत्रबाट समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको संयोजकत्वमा महासंघको स्थायी समिति सदस्यहरु, सवै संघ संस्थाहरु प्याव्सन, एन प्याव्सन, होटल संघ नेपाल, रेष्टुंरेन्ट तथा वार एसोसिएसन, राष्ट्रिय व्यवसायिक पहल(एनवीआइ), घरेलु तथा साना उद्योग महासंघ, नाटा र महासंघका वस्तुगत संघ संस्थाको प्रतिनिधित्व रहेको “शान्ति, संवाद समन्वय समिति” गठन गर्ने र सोही समिति मार्फत आन्दोलनमा रहेको दलसंग वार्ता गरी आम हड्ताल कार्यक्रम फिर्ता लिन पहल गर्ने । सोही समिति मार्फत शान्ति र्‍याली, सद्भाव सभा, लगायतका कार्यक्रमको समन्वय गर्ने, राजनीतिक दलहरुसंग अन्तरक्रिया एवं संवाद गरिने ।

ङ. निजी क्षेत्रको अथक प्रयासका बाबजुद समस्या समाधान नभएमा निजी क्षेत्रको तर्फबाट आगामी दिनमा तय गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै जाने ।

च. निर्वाचनमा जाने राजनीतिक दलहरुलाई राजनीतिक सहमती कायम गर्न तथा सरकारलाई मुलुकभित्र शान्ति सुरक्षा वहाली गर्न आग्रह गर्ने ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.