जारी बन्दको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघको पहलमा विभिन्न व्यवसायिक संघ/संस्थाको सहभागितामा आज काठमाडौंमा आयोजना गरिएको वृहद शान्ति कार र्याली अभुतपूर्वपक रुपमा सम्पन्न भयो । र्यालीमा उद्योगी व्यवसायी, संचारकर्मी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्वहरु, आम नागरिकको ठूलो मात्रामा सहभागिता रहेको थियो । र्याली काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न भागहरुको परिक्रमा गरी टुंडीखेलमा आएर सम्पन्न भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सहभागी संघ/संस्थाहरु, महासंघका सदस्य संघहरु, संचार गृह संचारकर्मीहरु, उद्यमी व्यवसायीहरु, शैक्षिक संस्था एवं विद्यार्थी भाइवहिनीहरु, तथा आम सर्वसाधारण जनताप्रति आभार सहित धन्यवाद प्रकट गर्दछ । महासंघले आयोजना गर्ने यस प्रकारका कार्यक्रममा आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त गर्ने आशा एवं विश्वास समेत जाहेर गर्दछ ।
त्यसैगरि महासंघका केही सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुले आआफ्नो जिल्लामा विरोध कार्यक्रमहरु आयोजना गरेको र बांकी जिल्ला उद्योग वाणिज्य संघहरुले एकदुई दिनभित्र स्थानीय तहमा वन्द खुलाउन दवावमुलक कार्यक्रम आयोजना गर्ने जनाएका छन् ।