»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















माओवादीकी नेतृ पम्फा भुसालको सार्वजनिक अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर आपत्ति (२०७०/७/२७)


नेपाल उद्योग वाणिज्य महासंघले कुनै पनि राजनीतिक दल, तीनका भातृ संस्था, जुनसुकै संघ संस्था, समूहका नाउंबाट हुदै आएका सवै प्रकारका आम हड्ताल, बन्द, चक्काजाम जस्ता कार्यको विगतदेखिनै निरन्तर संस्थागत विरोध गर्दै आएको र यस प्रकारका बन्दको महासंघले निरन्तर विरोध गर्न पछि नपर्ने पनि स्पष्ट पार्दछौं । नेपाल कम्युनिष्ट पार्टी–माओवादीको नेतृत्वमा ३३ दलको नाउंमा यही कार्तिक २५ गते आम हड्ताल र तत्पश्चात २६ गतेदेखि जारी चच्काजामको विरोधमा महासंघको नेतृत्वमा आज काठमाडौंमा गरिएको विरोध ऱ्याली पनि त्यसैको श्रृंखला भएको हामी पनि स्पष्ट पार्दछौं ।

जारी बन्दका सम्बन्धमा वन्द आयोजकका जायज मागहरुलाई राजनीतिक तवरबाट संवोधन हुनु पर्दछ भनेर महासंघले समेत सरकार तथा प्रमुख राजनीतिक दलहरुमा निरन्तर दवाव दिंदै आएको सर्वविदितै छ । यसका लागि महासंघले आफ्ना वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा शान्ति, संवाद र समन्वय समिति गठन गरी आन्दोलनरत दलहरु र सरकार तथा प्रमुख राजनीतिक दलहरु बीच समस्या समाधानका लागि पहल गर्दै आएको हो ।

वन्द हड्तालबाट आमजनताले भोग्नु परेको शास्ति, उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रले व्यहोर्नु परेको क्षतिका विरुद्धमा निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको, हजारौ शान्तिकामी जनताको प्रत्यक्ष सहभागिता रहेको शान्ति रयालीका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी–माओवादीका प्रवक्ता श्री पम्फा भुसालले आज सार्वजनिक संचारमाध्यम मार्फत दिएको अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघ घोरनिन्दा एवं भत्सर्ना गर्दछ । नेपाल उद्योग वाणिज्य महासंघ दशकौदेखि देश, नेपाली जनता र राष्ट्रको आर्थिक विकासको उन्नतीमा निरन्तरक्रियाशिल रहंदै आएको आम नेपाली जनता सामु छर्ल्रङ्ग छ । निरन्तर नेपाली जनताको पक्षमा आवाज उठाउंदै आएको महासंघ सिंगो निजी क्षेत्रको धरोहर रहेको समेत स्पष्ट पार्दछौं ।

राष्ट्र र जनताका हितमा गरिएका यस्ता कार्यक्रमका विरु द्धमा “सिंहदरवारबाट पैसा वांडेरनिजी क्षेत्रका मान्छेहरुलाई हाम्रा आन्दोलन विरुद्धमा उचालिएको छ, सरकारबाट कमिसन खाएर निजी क्षेत्र हाम्रो विरुद्ध आन्दोलनमा उत्रिएको छ” भन्ने जस्तो अत्यन्त घोरआपत्तिजक टिप्पणी नेतृ भुसालबाट संचार माध्यमहरु मा आएको छ महासंघ त्यसलाई प्रमाणित गर्न चुनौती समेत दिन्छ । यस्तो किसिमको अभियक्ति आफूलाई राष्ट्रियस्तरको नेता भन्ने व्यक्तिबाट आउनु दूर्भाग्य हो । अवउप्रान्त महासंघका वारेमा यस्ता आधारहिन अभियक्तिहरु नदिन समेत महासंघ आव्हान समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.