»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष र इस्टोनियाका उपविदेश मन्त्री बीच भेटवार्ता (२०७०/७/२८)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपाल भ्रमणमा रहनु भएका इस्टोनियाका उपविदेश मन्त्री भाइनो रेइनार्ट (Mr. Vaino Reinart, Deputy Foreign Minister, Estonia) ले आज महासंघ सचिवालयमा दुई पक्षीय व्यवसायिक भेटवार्ता गर्नुभयो । नेपालमा इस्टोनियाको वाणिज्य दूतावासको शुभारम्भ कार्यक्रममा सहभागी हुन उपविदेशमन्त्री नेपाल भ्रमणमा आउनु भएको हो ।

महासंघका उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समिति सदस्यहरु छायां शर्मा, दिनेश श्रेष्ठ, डिवी वस्नेत, व्यवसायी गोविन्द घिमिरे, महासंघका महानिर्देशक हेमन्त दवाडीको सहभागिता रहेको उक्त भेटवार्तामा नेपाल इस्टोनिया आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, नेपालमा इस्टोनियाको लगानी तथा प्राविधि खासगरी सूचना प्रविधि, वैकल्पिक उर्जा, पर्यटनमा सहयोगको सम्भाव्यता, व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान लगायतका विषयमा छलफल भयो । सो अवसरमा नेपालमा इस्टोनियाको वाणिज्य दूतावास स्थापना भएकोमा खुशी व्यक्त समेत गरियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.