»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ प्रतिनिधिमण्डलद्वारा नेपाली कांग्रेसका सभापति कोइराला तथा नेकपा(एमाले) अध्यक्ष खनालसंग भेटवार्ता (२०७०/८/१४)


Meet with Political Leaders

Meet with Political Leaders

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति सुशिल कोइराला र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष झलनाथ खनालसंग आज उहांहरुको निवासमा छुट्टाछुट्टै भेटगरी हालै सम्पन्न संविधानसभाको निर्वाचन तथा आर्थिक एजेण्डाका विषयमा छलफल गर्‍यो ।

महासंघका उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु दिनेश श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान, विके श्रेष्ठ, शेखर गोल्छा, ओम राजभण्डारी, शंकरप्रसाद पाण्डे तथा उद्यमी व्यवसायीहरु सहभागी रहनु भएको ती दुवै भेटवार्तामा महासंघका अध्यक्ष वैद्यले संविधानसभा निर्वाचन सफलतापूर्वक र उत्साहपूर्ण रुपमा सम्पन्न गर्न दलहरुको तर्फबाट निर्वाह गरिएको भूमिकाका लागि धन्यवाद दिंदै संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेले हासिल गरेको सफलताका लागि बधाई समेत दिनु भयो । अध्यक्ष वैद्यले नेपाली जनताले निकै लामोसमयदेखि प्रतिक्षा गरेको संविधान सवै दलहरुको पूर्ण सहभागितामा आगामी एक वर्षभित्रै आउनेमा निजी क्षेत्र विश्वस्त रहेको र तत्पश्चात मुलुक आर्थिक विकासका लागि अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

अव मुलुकले छिटै नयां सरकार प्राप्त गर्ने र मुलुकले सही दिशा लिनेमा निजी क्षेत्र ढुक्क रहेको बताउंदै अध्यक्ष वैद्यले चुनावी घोषणापत्रमा उल्लेख गरिएका आर्थिक एजेण्डाहरुले अवका दिनमा मुख्य प्राथमिकता पाउने बताउनु भयो । अव आउने नयां सरकारले अगाडी सार्ने आर्थिक एजेण्डालाई सही रुपमा अगाडी बढाउन महासंघले समेत पूर्ण रुपमा सघाउने धारणा राख्नु भयो । अव सरकार गठन गर्दा महत्वपूर्ण मन्त्रालयहरु जस्तो उर्जा, अर्थ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक योजना तथा निर्माण तथा श्रम मन्त्रालयहरुमा सक्षम व्यक्तिहरुलाई ल्याउनु पर्नेमा जोड दिंदै अध्यक्ष वैद्यले यसो हुन सकेमा मुलुक अगाडी बढ्ने धारणा राख्नु भयो ।

ती दुवै भेटवार्तामा महासंघले स्वदेशभित्रै रोजगारी सृजना, भारतसंगको व्यापार घाटा कम गर्न विद्युत निर्यात, बारामा अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा, भैरहवा, सुदूरपश्चिममा क्षेत्रीय विमानस्थलहरुको निर्माण, मध्यपहाडी राजमार्गको निर्माण लगायतका विषयहरु अवको सरकारको मुख्य प्राथमिकता हुनु पर्नेमा जोड दियो ।

सो अवसरमा नेपाली कांग्रेसका सभापति कोइरालाले निजी क्षेत्रकै नेतृत्वमा आर्थिक विकासलाई अगाडी बढाउन आफ्नो पार्टी सदैव तयार रहेको बताउंदै निजी क्षेत्रलाई आफूले इन्जिन अफ ग्रोथको रुपमा लिएको बताउनु भयो । उहांले आर्थिक विकासका लागि महासंघका तर्फबाट प्राप्त सुझावका लागि उहांले धन्यवाद समेत दिनु भयो । शान्ति र स्थायित्वका लागि निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको उहांले सराहना समेत गर्नुभयो ।

Meet with Political Leaders

त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष खनालले संविधान निर्माण प्रक्रिया सम्पन्न भएपछि दलहरुको प्रमुख एजेण्डानै आर्थिक मुद्धा हुने र त्यसको नेतृत्व नेपाली निजी क्षेत्रले लिनेमा विश्वस्त हुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । घोषणापत्रमा उल्लेख गरिएको आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो दल अगाडी बढ्ने र त्यसमा निजी क्षेत्रलाई सधै एकसाथ लिएर जाने पनि बताउनु भयो ।

Meet with Political Leaders

भेटवार्ताका क्रममा सभापति कोइराला र अध्यक्ष खनालले आर्थिक एजेण्डाहरुमा महासंघको रायसल्लाह लिएर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.