»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापासंग भेटघाट (२०७०/८/१६)


Meet with Political Leaders

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासंग आज सो पार्टीको कार्यालय धुम्वराहीमा भेटगरी हालै सम्पन्न संविधानसभाको निर्वाचन तथा आर्थिक एजेण्डाका विषयमा छलफल गर्‍यो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु डिवी बस्नेत, दिनेश श्रेष्ठ, बि.के. श्रेष्ठ, एजी शेर्पा, शंकरप्रसाद पाण्डे, उद्यमी व्यवसायीहरु र सो दलका अन्य पदाधिकारीहरु सहभागी रहनु भएको उक्त भेटवार्तामा महासंघका अध्यक्ष वैद्यले संविधानसभा निर्वाचन सफलतापूर्वक र उत्साहपूर्ण रुपमा सम्पन्न गर्न दलहरुको तर्फबाट निर्वाह गरिएको भूमिकाका लागि धन्यवाद दिंदै संविधानसभाको निर्वाचनमा राप्रपा नेपालले हासिल गरेको सफलताका लागि बधाई समेत दिनु भयो ।

संविधान निर्माण पश्चात मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा राप्रपा नेपालका तर्फबाट समेत महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो । मुलुकको आर्थिक विकाससंग प्रत्यक्ष गांसिएका कतिपय महत्वपूर्ण "बील"हरु थन्किएर रहेकाले अव तीनलाई ढिलो नगरी अगाडी बढाउनु पर्ने धारणा महासंघका अध्यक्ष वैद्यको थियो । साथै उहांले चुनावी घोषणापत्रमा उल्लेख गरिएका आर्थिक एजेण्डाहरुको कार्यान्वयनमा समेत जोड दिनु भयो ।

Meet with Political Leaders

सो अवसरमा राप्रपा नेपालका अध्यक्ष थापाले संविधान निर्माण तथा निजी क्षेत्रले उठान गरेका विषयहरुलाई सशक्त रुपमा अगाडी बढाउन आफ्नो दलका तर्फबाट रचनात्मक भूमिका निर्वाह हुने विश्वास दिलाउनु भयो । निजी क्षेत्रका विषयहरुलाई ठोस र प्रभावकारी रुपमा लैजान निजी क्षेत्रको समेत सहभागितामा एउटा परामर्श समूह जस्तो गठन गरेर सो समूहको सुझावका आधारमा आर्थिक मुद्दाहरुलाई अगाडी बढाउंदा प्रभावकारी हुन सक्ने उहांको सुझाव थियो ।

साथै उहांले आर्थिक एजेण्डाहरुमा आफ्नो दलले सधै महासंघको रायसल्लाह लिने समेत विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.