»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भागलिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वैद्य, क्याम्वोडिया प्रस्थान (२०७०/८/१७)


क्याम्वोडियाको सियाम रिप (Siem Reap, Cambodia) मा यही मंसिर १९ देखि २१ गते (4-6 December 2013) सम्म आयोजना हुने अतिकम विकसित राष्ट्रहरुको स्तरोन्नती राणनीति सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय कार्यक्रम Asia-Pacific Regional Workshop on Graduation Strategies from the Least Developed Country Category as part of the Implementation of the Istanbul Programme of Action for the LDCs मा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (The United Nations Economic and Social Commission for Asia and the Pacific -UNESCAP), संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग (The United Nations Department of Economic and Social Affairs -UNDESA) र क्याम्वोडिया सरकारको (The Royal Government of Cambodia) को आयोजनामा हुने उक्त सम्मेलनमा महासंघका अध्यक्ष वैद्यले नेपालको निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. रविन्द्र शाक्यको समेत सहभागिता रहने उक्त सम्मेलनमा महासंघका अध्यक्ष वैद्यले अतिकम विकसित राष्ट्रहरुले व्यहोर्नु परेका आर्थिक चुनौती, समस्या एवं यस समूहका राष्ट्रहरुको आर्थिक उन्नतीका लागि लिइनु पर्ने रणनीति विषयमा नेपाली निजी क्षेत्रको तर्फबाट धारणा राख्नु हुने कार्यक्रम छ । साथै अध्यक्ष वैद्यले अतिकम विकसित मुलुकका निजी क्षेत्र बीचको सहकार्यको संयुक्त धारणाका लागि समेत पहल गर्नुहुने छ ।

सम्मेलनमा Inclusive and sustainable development in Asia-Pacific LDCs during the Decade 2011-2020 का विषयमा समिक्षा हुनुका साथै "Promoting Inclusive Growth and Development in the Asia-Pacific LDCs: Progress, prospects and challenges" र "Promoting Productive capacity development in the LDCs" कार्यपत्र प्रस्तुतीका साथै वृहद छलफल हुनेछ । त्यसैगरि सम्मेलनका दौरानमा आयोजना हुने The road to graduation: selected country case studies विषयक शत्रमा राष्ट्रिय योजना आयोगबाट कार्यपत्र प्रस्तुती समेत हुने छ ।

महासंघका अध्यक्ष वैद्यले उक्त क्षेत्रीय सम्मेलनको दौरानमा भाग लिन आउने विभिन्न देशका विशिष्ट व्यक्तित्व तथा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसंग भेटघाट तथा आपसी हितका विषयमा छलफल समेत गर्नुहुनेछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.