सार्क राष्ट्रका सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायहरु बीच दक्षिण एशियामा वातावरणीय परिवर्तनबाट पर्न गएको असर, उर्जाको वस्तुतथ्य तथा उर्जा उत्पादनमा भैरहेको प्रगति तथा प्रयासका विषयमा वृहद छलफल चलाई जनजागरण ल्याउने उद्देश्यले सार्क उद्योग वाणिज्य संघद्वारा यही मंसिर २७ गते, विहीवार सार्क क्षेत्रीय कार्यशालाको आयोजना हुंदैछ ।
सार्क उद्योग वाणिज्य संघको सदस्य नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यता र स्वतन्त्र उर्जा उत्पादक संघ (IPPAN) तथा जर्मन संस्था Friedrich Naumann Foundation को साझेदारीमा काठमाडौमा मंसिर २७ गते आयोजना हुने उक्त कार्यक्रमको विषय उर्जा सहयोग, वातावरण परिवर्तन तथा जल व्यवस्थापन: क्षेत्रीय एकिकरणको पहल (International Consultative Workshop on, Energy Cooperation, Climate Change and Water Management: Initiatives for Regional Integration) रहने छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघ सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी गराएको हो ।
यस क्षेत्रमा उर्जा उत्पादनका लागि आपसी सहकार्यका विषयमा कार्यक्रममा विशेष चर्चा गरिनेछ । कार्यक्रममा यस क्षेत्रमा वातावरण, उर्जा उत्पादन तथा जल व्यवस्थापनमा लामो समय देखि संलग्न व्यक्तित्वहरु, लगानीकर्ताहरु, व्यवसायीहरु, सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरु, नीति निर्माताहरु तथा विज्ञहरुले संवोधन गर्ने जानकारी सो अवसरमा दिइयो ।
पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष शैलेन्द्र गुरागाईले कार्यशाला आयोजनाबाट नेपाललाई हुन सक्ने लाभ तथा दक्षिण एशियामा नेपालको उर्जा तथा स्वच्छ जल व्यवस्थापनमा नेपालले उठाउन सक्ने फाइदाका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
नेपाल सरकारका उर्जा मन्त्री माननीय उमाकान्त झाको प्रमुख आतिथ्यतामा आयोजना हुने सो कार्यशालाको समुद्घाटन समारोहमा सार्कका महासचिव H.E. Ahmed Saleem, सार्क उवासंघका अध्यक्ष Mr. Vikramjit Singh Sahney, सार्क उवासंघका उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, महासंघका अध्यक्ष सुरज वैद्य, महासंघका उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, पीटीसी इण्डियाका कार्यकारि निर्देशक Dr. Rajib K Mishra लगायतले संवोधन गर्नुहुने कार्यक्रम छ ।
दुई वटा व्यवसायिक शत्रमा संचालन हुने सो क्षेत्रीय कार्यक्रमको पहिलो व्यवसायिक शत्रमा दक्षिण एशियामा उर्जा सहयोग (Energy Cooperation in SAARC Region) विषयमा व्यापक छलफल हुनेछ भने सो शत्रको सभापतित्व सार्क उद्योग वाणिज्य संघका अध्यक्षले गर्नुहुनेछ । साथै सो शत्रमा BETA Pakistan का Managing Partner, Mr. Habib ur Rehman ले Current State of Energy Development in SAARC Region, Energy & Power Bangladesh का Editor, Mr. Mollah Amzad Hossain ले Required Actions for utilization of Energy Potential विषयमा र नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारि निर्देशक अर्जुन कार्कीले The Concepts of SAARC Energy Grid - How to make it functional? विषयमा कार्यपत्र प्रस्तुती हुनेछ ।
त्यसैगरी कार्यक्रमको दोश्रो व्यवसायिक शत्र सार्क क्षेत्रमा वातावरण परिवर्तन तथा जल व्यवस्थापन विषयमा संचालन हुनेछ । सार्क उद्योग वाणिज्य संघका अध्यक्षले सभापतित्व गर्नुहुने सो शत्रमा इसिमोडका तर्फबाट Senior Glaciologist, Dr. Dorothea Stumm ले The Effects of Climate Change in SRRC Region विषयमा प्रस्तुती हुने छ भने IPCC & Founder Chairman MID (Sri Lanka) का Vice Chairman, Dr. Mohan Munasinghe ले Climate Change and Water Management issues in SAARC Region, IIUI(Pakistan) का Dean Dr. Muhammad Irfan Khan ले Measures for mitigation of effects of climate change विषयमा र भारतका तर्फबाट Water sharing benefits, prospects for cooperation विषयमा कार्यपत्र प्रस्तुती हुने कार्यक्रम छ ।