»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति र सुरक्षाका विषयमा वरिष्ठ प्रहरी अधिकृतहरुसंग महासंघमा छलफल सम्पन्न (२०७०/९/१)


Interaction on Security

नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख आतिथ्यता एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिमा आज महासंघ सचिवालयमा आयोजित शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, नायव प्रहरी महानिरिक्षक विश्वराज सिंह शाही, वरिष्ठ प्रहरी उपरिक्षक गणेश के.सी., महासंघको कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुगत संघका पदाधिकारीहरु तथा उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले निजी क्षेत्र र प्रहरी बीचको सहकार्यमा जोड दिनु भयो । उद्योगी व्यवसायी लगायत आम नेपालीको प्रमुख चासो सुरक्षा रहेकाले यसलाई प्रभावकारी ढंगमा पुरा गर्ने प्रहरीको अभियानमा निजी क्षेत्र सधै सहयोग गर्न तयार रहेको विश्वास दिलाउनु भयो । सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगमा अगाडी बढाउन जिल्लामा अझबढी आवश्यकता रहेको उहांले वताउनु भयो । सडकमा हाल देखिएको अव्यवस्था तथा भद्रगोललाई व्यवस्थित गर्न "ट्राफिक डिसिप्लिन" कायम गराउनु पर्नेमा पनि उहांको जोड थियो ।

Interaction on Security

अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले मुलुकको आर्थिक रुपान्तरणको महत्वपूर्ण संवाहकनै निजी क्षेत्र भएकाले निजी क्षेत्र, उद्योगधन्दाको सुरक्षालाई प्रहरी प्रशासनले सधै प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास दिलाउनु भयो । कम्युनिटी पुलिसिङ अवको आवश्यकता भैसकेको बताउंदै उहांले यो अवधारणा ल्याउने सोचाईमा नेपाल प्रहरी पुगिसकेको जानकारी गराउनु भयो । प्रहरी महानिरिक्षक अर्यालले नेपाल प्रहरीलाई अझबढी प्रविधियुक्त र गुणात्मक रुपमा विकास गर्दै जान आवश्यक भैसकेको पनि स्पष्ट पार्नु भयो । उहांले मुलुकभित्र शान्ति सुरक्षाकोस्थितिलाई अझ मजवुद बनाउंदै उद्योग व्यवसाय गर्ने वातावरण निर्माणका लागि नेपाल प्रहरी निजी क्षेत्रसंग सधै एकसाथ रहेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।

त्यसअघि कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले निजी क्षेत्रले लामो समयदेखि उठाउंदै आएको औद्योगिक सुरक्षा वल स्थापनाको अवधारणालाई जतिसक्दो छिटो मूर्तरुप दिनु पर्नेमा जोड दिनु भयो । उहांले औद्योगिक क्षेत्र तथा उद्योगी व्यवसायीको सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा अगाडी बढाउन नेपाल उद्योग वाणिज्य महासंघ र प्रहरी प्रधान कार्यालमा फोकल प्वाइन्टको स्थापना हुनु पर्ने, विजनेश पुलिसिङको अवधारणालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव राख्नु भयो । उहांले निजी क्षेत्र लगायत आम जनताले आफू सुरक्षित छु भन्ने आभास पाउनु पर्ने र त्यसका लागि विद्यमान प्रहरी प्रशासनले अझबढी सक्रियतापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

Interaction on Security

सो अवसरमा सहभागी उद्यमी व्यवसायीहरुबाट खासगरी एकजिल्लाबाट अर्को जिल्लामा माल वस्तु लैजांदा प्रहरीबाट माल वस्तु रोक्ने परम्पराको अन्त्य हुनुपर्ने, प्रहरीमा उजुरीको प्रक्रियालाई सरलीकृत बनाउनु पर्ने, विद्यमान प्रहरीवललाई गुणात्मक र प्रविधियुक्त बनाउनु पर्ने, बढ्दो सहरीकरणलाई ख्याल गरी कम्युनिटी पुलिसिङको अवधारणा ल्याउनु पर्ने, उपत्यकामा ट्राफिक लाइटको पर्याप्त व्यवस्था हुन सकेमा पनि अपराधजन्य क्रियाकलापहरु कम हुने, विमानस्थलमा टुरिस्ट प्रहरीको प्रभावकारी परिचालन हुनु पर्ने, जिल्लामा विस्थापित प्रहरी पोष्टहरु पुन स्थापना गरिनु पर्ने, विद्युत परियोजनाहरुमा पर्याप्त सुरक्षा पोष्टहरु खडा गरिनु पर्ने लगायतका सुझावहरु दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.