»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वीरगंजमा नेपाल-भारत व्यापार मेला - २०७० आयोजना हुने (२०७०/९/२४)


Press Meet

नेपालमा भित्रिने भारतीय वस्तु तथा सेवाला एउटै छानामुनिबाट अवलोकन र व्यापार गराउने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य संघको मूल आयोजनामा आगामी फागुन १ देखि १० गतेसम्म (तदनुसार १३ देखि २२ फेबु्रअरी २०१४) नेपाल-इण्डिया ट्रेड एक्स्पो २०१४ (Nepal-India Trade Expo 2014 (NITEx-2014) को आयोजना हुन छ । उद्योग, व्यवसाय, पर्यटन, प्रविधि तथा कृषिसम्बन्धी वृहद महोत्सव तथा प्रदर्शनी हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार/उद्योग मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष, वीरगञ्ज उप-महानगरपालिका, जिल्ला विकास समिति, पर्सा समेत कार्यक्रमका आयोजक रहेको प्रदर्शनी वीरगञ्जको आर्दशनगर फुटबल ग्राउण्डमा आयोजना हुने कुरा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महोत्सव १० दिनसम्म लगातार सञ्चालन हुनेछ । उक्त बृहद् महोत्सव तथा प्रदर्शनीको मुख्य विशेषताका रुपमा नेपाललगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई उत्पादनहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको छ । महोत्सव तथा प्रदर्शनीमा विभिन्न औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थाहरुलगायतका उत्पादन तथा सेवाहरुको गरी २ सय स्टलहरु रहने छन् ।

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मेला नेपालमा भारतीय लगानी भित्रयाउन महत्वपूर्ण माध्यम हुने विश्वास प्रकट गर्नुभयो । महासंघका अध्यक्ष वैद्यले नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार तथा लगानीका हिसावले पनि सवै भन्दा बढी लगानी रहेको छिमेकी देश भारत र नेपाल बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा मेला कोशेढुंगा हुने धारणा राख्नु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारकाको समेत सहभागिता रहेको सो पत्रकार सम्मेलनमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले अन्तरराष्ट्रियस्तरमा आयोजना हुने यस्ता महोत्सव तथा प्रदर्शनीले उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध गाँसी, औद्योगिक तथा व्यापारिक चहलपहल बढाउने विश्वास प्रकट गर्नुभयो । उहांले भन्नु भयो - यसबाट आर्थिक-व्यावसायिक जगत लाभान्वित हुने नै छ, मुलुककै आर्थिक गतिविधिलाई चलायमान बनाउनसमेत मद्दत गर्नेछ । यस बृहद् महोत्सव तथा प्रदर्शनीलाई अझ रोचक तथा भव्य आकर्षक बनाउन विभिन्न साङ्गीतिक, मनोरञ्जनात्मक खेलहरु तथा फुड फेष्टिबलको आयोजना गरिनेछ । साथै उत्कृष्ट सजावटका स्टललाई आकर्षक पुरस्कार तथा उपहार प्रदान गरिनेछ ।

Press Meet

प्रदर्शनीको लगभग ५ लाख सर्वसाधारण तथा व्यापारीहरुले अवलोकन गर्ने तथा २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । यस प्रदर्शनीबाट स्वदेशी तथा विदेशी उत्पादक, वितरक, विक्रेता तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास छ । मेलाको अवलोकनका लागि सर्वसाधारणलाई रु.३०/- र विद्यार्थीहरुका लागि रु.२०/- टिकट दर निर्धारण गरिएको छ ।

प्रदर्शनी स्थलमा सूचना कक्ष, सञ्चार कक्ष, प्राविधिक सेवा कक्ष, मर्मत सम्भार कक्ष र चौबीसै घण्टा सुरक्षा व्यवस्था मिलाइएको छ । सञ्चारकर्मीहरुका लागि प्रदर्शनी स्थलभित्र १० वटा स्टलको व्यवस्था समेत गरिएको छ । प्रदर्शनीको प्रबद्र्धनार्थ विज्ञापनहरु, विचारप्रधान लेखहरु, श्रव्यदृष्य तथा मुद्रण माध्यमबाट प्रचार प्रसार, विज्ञापन व्यवस्था गरिएको छ । साथै, महोत्सवमा सहभागी हुन सबै सार्क मुलुकहरुलाई आमन्त्रण गरिएको छ ।

मुलुकभित्र स्थायी प्रकृतिको एक प्रदर्शनीस्थलको अभाव रहेको महशुस हामी सबैले गर्दै आएका छौं । वीरगञ्ज क्षेत्रमा विभिन्न समयमा मेला महोत्सव तथा सम्मेलनहरुमा आयोजना हुंदै आएका छन् । ती कार्यक्रममा भारत तथा अन्य मुलुकबाट समेत सहभागिता र प्रतिनिधित्व हुादै आएको छ । यस्तो अवस्थामा वीरगञ्जमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्नु अति नै आवश्यक छ । त्यसका लागि हामीले विगतमा पनि आफ्नो कुराहरु नेपाल सरकार समक्ष राख्दै आएका छौं र आज पनि यसै मञ्च मार्फत नेपाल सरकारमा पुन: हार्दिक आग्रह गर्दछौं ।

वीरगंज उद्योग वाणिज्य संघका महासचिव गोपाल केडीयाको समेत उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा मेला आयोजना समितिका संयोजक एवं संघका सचिव रविन्द्रकुमार वरनवालले धन्यवाद मन्तव्य दिनु भएको थियो । उक्त मेलाको मिडिया पार्टनर नेपाल पत्रकार महासंघ, पर्सा शाखा रहेको छ भने कार्यक्रमको व्यवस्थापन माइण्डस् नेपाल प्रालिले गर्ने जानकारी गराइएको छ ।

For event photo, please visit https://plus.google.com/photos/103429292111014541126/albums/5966554967750202145

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.