»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















धादिङ उवासंघको २० औं वार्षिक साधारण सभा - धादिङलाई ताजा तरकारीको केन्द्र बनाउने: महासंघका अध्यक्ष वैद्य


Dhading CCI AGM

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले राजधानीसंग जोडिएको जिल्ला धादिङलाई ताजा तरकारीको केन्द्र बनाउने कार्यक्रम महासंघले अगाडी बढाएको बताउनु भएको छ । राजधानीको तरकारीको मागलाई पुरा गर्न महासंघले एक गाउं एक उत्पादन कार्यक्रम अन्तरगत धादिंगलाई ताजा तरकारीको रुपमा छानेको स्पष्ट पार्नु भयो । महासंघको सदस्य धादिङ उद्योग वाणिज्य संघको २० औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट आज धादिङ वेशीमा संवोधन गर्नुहुंदै अध्यक्षले जिल्लामा आगामी तीन महिनाभित्र "टोमाटो सस" उद्योग स्थापना गर्ने जानकारी गराउनु भयो । यस सन्दर्भमा आवश्यक तयारीहरु भैरहेकाले निर्धारित समयमै उक्त उद्योग संचालनमा आउने विश्वास प्रकट गर्नुभयो ।

व्यवसायिक कृषि विकासका लागि अत्यधिक सम्भावना बोकेको, राजधानीबाट नजिक रहेको, यातायातका साधनको सुविधा भएकाले यस जिल्लामा कृषिमा आधारित उद्योगहरुको विस्तार गर्दै जाने र यसबाट स्थानीय तहमा रोजगारी सृजना तथा स्थानीय कृषकहरुको पनि जीवनस्तरमा सुधार आउने विश्वास प्रकट गर्नुभयो । महासंघले नेपाल सरकारको सहयोगमा एक गाउं एक उत्पादन कार्यक्रमलाई वर्षेनी विस्तार गर्दै गएको छ । महासंघका अध्यक्ष वैद्यले स्थानीय उद्यमी व्यवसायीहरुको समस्या समाधान गर्दै उनीहरुलाई स्थानीय तहमा उद्योग व्यवसाय विस्तारका माध्यमबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सृजनामा लाग्न महासंघले अभिप्रेरित गर्दै जाने बताउनु भयो । उहांले महासंघ तथा स्थानीय सदस्य उद्योग वाणिज्य संघहरुको आयोजनामा जिल्लाहरुमा आयोजना भैरहेका स्थानीय तथा क्षेत्रीय मेलाहरुले स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन निकै ठूलो भूमिका निर्वाह गरेको बताउनु भयो ।

Dhading CCI AGM

स्थायी शान्ति नभएमा देशको आर्थिक विकास हुन नसक्ने बताउनु हुंदै महासंघका अध्यक्ष वैद्यले मिसम्याचमा परेका व्यवसायीले कारोवारका आधारमा नभई आम्दानीका आधारमा कर तीर्न सुझाव समेत दिनु भयो । महासंघका अध्यक्ष वैद्यले यतिखेर उद्यमी व्यवसायीहरु एकजुट भएर आफ्ना मुद्दाहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । अहिले भंसार विन्दूबाट बढी वजन भएका मालवाहक सवारी साधनमा रोक लगाउने सरकारी निर्णय, सर्वोच्च अदालतले समेत गैर कानूनी घोषणा गरेको सिण्डिकेटको मुद्दाले उद्योगीहरुमा थप समस्या थपिएको बताउनु भयो । लोडसेडिङ, श्रम समस्या र अस्थिरताबाट ग्रसित उद्योग व्यवसायहरु थप संकट तर्फ जानसक्ने भन्दै त्यसलाई समयमै संवोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।

सभापतिको आशनबाट संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले सवै व्यवसायीहरुलाई करको दायरामा ल्याउने नाममा हचुवाको भरमा कर तोक्ने कार्यले अझै पनि हामी व्यवसायीहरु त्रसित वन्नु परेको बताउनु भयो । संघका अध्यक्ष अधिकारीले जिल्लाको भौगोलिक बनावट र कृषकको प्रयासबाट उत्पादित तरकारी बजार प्रवद्र्घनको लागि ग्रेडिङ, प्याकेजिङ, लेवलिङ गरी निकासी प्रवद्र्घन योग्य बनाउने र गोलभेडा सस बनाउने उद्योग स्थापना गर्ने कार्यक्रम स्वीकृत भएकोमा खुशी व्यक्त गर्दै जिल्लामा उत्पादित तरकारी तथा फलफूल सुरक्षित भण्डारणको लागि चिस्यानकेन्द्र जिल्ला भित्र निर्माण गर्न माग गर्नु भयो । धादिङबेशी भर्‍याङ भुरुङ हुदै केरुङ सम्म जोड्ने सडकलाई जिल्लाको आर्थिक विकाससंग जोडिएकोले यसको शुरुवातका लागि आग्रह समेत गर्नुभयो ।

साधारण सभाको समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, स्थानीय सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.