»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कर तथा राजश्व समितिका सभापति राठीको निधनबाट महासंघ स्तव्ध : स्व.राठीको पार्थिव शरीरमा महासंघको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण (२०७०/९/२९)


Late Jagdish Prasad Rathiनेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजश्व समितिका सभापति जगदिश प्रसाद राठीको ६२ वर्षको उमेरमा ह्रृदयघातबाट हिजो राती निधन भएको छ । उहांको गृह जिल्ला मोरंगबाट काठमाडौं फर्कने क्रममा हेटौंडामा आफन्तकहां खाना खादै गर्दा उहांलाई अकस्मात ह्रदयघात भएको थियो ।

महासंघका पूर्व अध्यक्ष बिनोद बहादुर श्रेष्ठले स्वर्गीय राठीको पार्थिव शरीरमाथि आज उहांको गृहजिल्ला मोरङको विराटनगरमा महासंघको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । महासंघको कार्यकारिणी समितिका सदस्यहरु, काठमाडौं तथा विराटनगरका उद्योगी व्यवसायीहरु लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कर तथा राजश्वसंग सम्बन्धित विषयवस्तुहरुमा निजी क्षेत्रका तर्फबाट उहांले सशक्त भूमिका निर्वाह गर्दै आउनु भएको थियो । हरदम आफूलाई सक्रिय राख्न रुचाउनु हुने सभापति राठीको निधनबाट महासंघ सहित सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ । वि.सं २०५८ देखि ६० मा महासंघको कार्यकारिणी समिति सदस्य, वि.सं. २०६४-६७ मा महासंघको राष्ट्रिय वजेट समन्वय समितिका सभापति र विद्यमान कार्य समितिमा उहां कर तथा राजश्व समितिको सभापति हुनुहुन्थ्यो । महासंघको सदस्य मोरंग व्यापार संघमा वि. सं. २०४५ मा कार्य समिति सदस्यको रुपमा प्रवेशगरि सचिव, उपाध्यक्ष हुंदै २०५४ सालमा सो संघको अध्यक्ष समेत हुनु भएको थियो ।

कर तथा राजश्वको विषयमा गहिरो दख्खल राख्नु हुने स्व. राठी सरकार तथा निजी क्षेत्रका सवैसंग उत्तिकै घुलमिल हुनुहुन्थ्यो । मुलुकभरका उद्यमी व्यवसायीहरुले कर तथा राजश्वसंग व्यहोर्नुपरेका समस्यामा समाधानमा उहां निरन्तर क्रियाशिल हुनुहुन्थ्यो ।

अत्यन्त मिलनशार, मृदुभाषी र आफ्नो कर्मप्रति लगनशील राठीको निधनबाट नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ यस दु:खद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । स्व. राठी लामोसमयदेखि मधुमेहबाट पिडीत हुनुहुन्थ्यो । स्व. राठीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.