»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजश्व समितिका सभापति जगदिश राठीको निधनमा शोक प्रस्ताव पारित (२०७०/१०/३)


Jagdish Rathi Condolence

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आज २०७० माघ ३ गते, शुक्रवार, महासंघमा बसेको यो शोक सभा महासंघको कार्यकारिणी समिति सदस्य एवं कर तथा राजश्व समितिका सभापति जगदिश प्रसाद राठीको ६३ वर्षको उमेरमा गत पौष २८ गते, आइतवार राती असामयिक निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै यो शोक प्रस्ताव पारित गर्दछ ।

आजभन्दा ६३ वर्ष अगाडी मोरङको विराटनगरमा जन्मनु भएको स्व. राठी वर्तमान कार्य समितिमा महासंघको कर तथा राजश्व समितिको सभापति हुनुहुन्थ्यो । कर तथा राजश्वसंग सम्बन्धित विषयवस्तुहरुमा निजी क्षेत्रका तर्फबाट उहांले सशक्त भूमिका निर्वाह गर्दै आउनु भएको थियो । हरदम आफूलाई सक्रिय राख्ने ज्यादै नरम स्वभावका सभापति राठीको निधनबाट महासंघ सहित सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ ।

Jagdish Rathi Condolence

स्व. राठीको नेपालको चेम्वर अभियानमा ज्यादै ठूलो योगदान रह्यो । वि.सं २०५८ देखि ६० मा महासंघको कार्यकारिणी समिति सदस्य, वि.सं. २०६४-६७ मा महासंघको राष्ट्रिय वजेट समन्वय समितिका सभापति र विद्यमान कार्य समितिमा उहां कर तथा राजश्व समितिको सभापति हुनुहुन्थ्यो । महासंघको सदस्य मोरंग व्यापार संघमा वि. सं. २०४५ मा कार्य समिति सदस्यको रुपमा प्रवेशगरि सचिव, उपाध्यक्ष हुंदै २०५४ सालमा सो संघको अध्यक्ष समेत हुनु भएको थियो ।

नेपालका एक प्रतिष्ठित उद्योगपति एवं औद्योगिक घराना वागमती औद्योगिक ग्रुपका अध्यक्ष समेत रहनु भएका स्व. राठी धार्मिक तथा सामाजिक कार्यमा समेत अग्रसर हुनुहुन्थ्यो । उहां विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा समेत नेतृत्दायी भूमिकामा हुनुहुन्थ्यो । नेपालको कर राजश्व प्रणालीमा गहिरो दख्खल राख्नुहुने स्व. राठी सरकार तथा निजी क्षेत्रका सवैसंग उत्तिकै घुलमिल भएर काम गर्नुहुन्थ्यो । मुलुकभरका उद्यमी व्यवसायीहरुले कर तथा राजश्वसंग व्यहोर्नुपरेका समस्या समाधानमा उहां अहोरात्र क्रियाशिल भएको हामी कसैबाट छिपेको छैन ।

मुलुकभित्र प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग व्यवसायको विकासमा उहांको ठूलो योगदान रहेको छ । कर तथा राजश्वका विषयमा सरकार तथा निजी क्षेत्रले सधैनै उहांबाट रचनात्मक एवं निश्पक्ष सुझाव पाउने गरेको थियो ।

अत्यन्त मिलनशार, मृदुभाषी र आफ्नो कर्मप्रति लगनशील राठीको निधनबाट नेपाल उद्योग वाणिज्य महासंघ परिवार एवं समस्त उद्योग वाणिज्य क्षेत्र स्तव्ध भएको छ । यस दु:खद घडिमा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय राठीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गर्दछौं । यस दु:खद घडीमा उहांको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि यो शोक सभा श्री परमेश्वरसंग प्रार्थना समेत गर्दछ ।

सोक सभामा महासघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.