चीनको राजधानी वेइजिङमा यही माघ ९ गते विहीवार हुने चीन दक्षिण एशियाली व्यवसायिक मंच (China South Asia Business Forum) को तयारी बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।
चीन र दक्षिण एशियाली राष्ट्रहरु बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारका माध्यमबाट यस क्षेत्रका जनताहरुलाई लाभान्वित गराउने उद्देश्यले स्थापित सो मंचको बैठक आगामी जुनमा हुंदैछ । उक्त मंचको बैठकमा नेपालबाट महासंघले सक्रिय रुपमा भाग लिंदै आएको छ ।
चीन भ्रमणमा रहंदा महासंघका अध्यक्ष वैद्यले अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce), अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया आर्थिक परिषद (CCPIT) का पदाधिकारीहरु, वरिष्ठ उद्योगपति व्यवसायीहरुसंग भेटवार्ता गरी नेपाल र चीन बीचको आर्थिक, व्यापारिक, लगानी तथा प्रविधिका विषयमा पनि छलफल गर्नुहुनेछ ।
सोक्रममा अध्यक्ष वैद्यले नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुन महिनाको दोश्रो हप्ता काठमाडौंमा आयोजना गर्न लागेको नेपाल आर्थिक सम्मेलन (Nepal Economic Summit - 2014) को निम्तो समेत दिनु हुने कार्यक्रम छ ।