सम्माननीय राष्ट्रपति डा. रामवरण यादव र सम्माननीय प्रधानमन्त्री शुशील कोइराला समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, नेपाल सरकार र महासंघद्वारा संयुक्त रुपमा काठमाडौंमा आयोजना गरिएको नेपाल आर्थिक शिखर सम्मेलनमा भाग लिन भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry - CII) का भावी अध्यक्ष अजय एस. श्रीराम (Ajay S Shriram President Designate, CII & Chairman and Senior Managing Director, DCM Shriram Consolidated Ltd.) को नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले छुट्टाछुट्टै भेटवार्ता गरी दुई देश बीचको आर्थिक व्यापारिक सम्वन्ध, लगानी विस्तारका विषयमा छलफल गरेको छ ।
सो भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं एफएनसीसीआई-सीआईआई संयुक्त आर्थिक परिषदका सहअध्यक्ष पद्य ज्योति र सीआईआईका पूर्व अध्यक्ष एवं एफएनसीसीआई सीआईआई संयुक्त आर्थिक परिषदका सहअध्यक्ष राजिव कौल (Rajive Kaul Past President, CII and Chairman, Nicco Corporation Ltd), सीआइआईका महानिर्देशक चन्द्रजित वेनर्जी (Chandrajit Banerjee,Director General, CII), संजिव वुढिया (Sanjay Budhia Chairman, CII National Committee on Exports and Managing Director Patton International Ltd.), सीआइआइका निर्देशक मनिष मोहन (Manish Mohan, Director - South & Central Asia Confederation of Indian Industry) को सहभागिता थियो ।
सो अवसरमा प्रतिनिधिमण्डलले नेपालमा लगानी विस्तार, रोजगारी सृजना, उर्जा विकास, व्यावसायिक कृषि, पर्यटन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि भारतीय लगानीकर्ताहरु उत्साहित रहेकाले उपयुक्त वातावरण निर्माणमा सीआईआई प्रतिनिधिमण्डलले आग्रह गरेको छ । दुवै देशमा बढ्दो यूवा युवाजनशक्तिको भावना र आवश्यकतालाई समेट्ने गरी रोजगारी सृजना तथा आर्थिक विकासमा
महासंघ र सीआईआईले एकसाथ कार्य गर्ने धारणा सीआईआई प्रतिनिधिमण्डलले राखेको थियो ।
प्रतिनिधिमण्डलले दुवै भेटवार्ताबाट आफूहरु अत्यन्त उत्साहित भएको र नेपालमा संयुक्त लगानी विस्तारका लागि सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको संदेशलाई आफूहरुले भारतीय लगानीकर्ताहरु समक्ष लैजाने विश्वास दिलाउंदै नेपालको आर्थिक विकासको अभियानमा सीआईआईको तर्फबाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाएको छ । भेटवार्ताका क्रममा महासंघका अध्यक्ष सुरज वैद्यले नेपाल-भारत बीचको आर्थिक व्यवसायिक, लगानी विस्तार तथा नयाँ लगानी आकर्षणका लागि महासंघ र भारतीय उद्योग परिसंघ निकट रही कार्यगरिरहेको जानकारी गराउनु भयो । उहांले महासंघ र सीआईआईको संयुक्त पहलमा नेपाल-भारत आर्थिक शिखर सम्मेलन गर्न सहमत भएको र उक्त सम्मेलन प्रत्येक वर्ष एकअर्कादेशमा पालैपालो गर्ने तय भएको जानकारी गराउनु भयो ।