»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०१४ समुद्घाटन हुने (२०७०/११/१७)


NITF 2014 Logo सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१४ (Nepal International Trade Fair-2014) को फागुन २२ गते काठमाडौंको भृकुटीमण्डपमा एक विशेष समारोहका बीच समुद्घाटन हुने कार्यक्रम छ । मेलाको तयारी तिव्र रुपमा भैरहेको छ । मेलाका लागि स्टल बुकिङ कार्य लगभग सकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने मेला यही फागुन २२ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुंदैछ ।

३ सय ५० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी हुने छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, भुटान, थाइल्याण्ड लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने छन् । हालसम्म स्वदेशी दुई सय, वंगलादेश ८२ वटा, पाकिस्तान १६, भारत ५, भुटान २, थाइल्याण्ड २ वटा स्टलहरु बुकिङ भएका छन् । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी महोत्सव, वहुमुल्य गरगहना प्रदर्शनी हुनेछ । जडीवूटी महोत्सव अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरिएको परिसरमै आयोजना हुने छ भने वहुमुल्य गरगहना प्रदर्शनी (NITF - Gems and Jewellery Show) भने होटल याक एण्ड यतिमा फागुन २२ देखि २४ गतेसम्म हुनेछ ।

जडीवूटी पेभिलियनमा विभिन्न ५० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । यस स्टल अन्तरगत खासगरी सुगन्धित तेल, कस्मिटिक, फुड सप्लिमेन्ट र यीसंग सम्बन्धित प्रचार प्रसार सामग्रीहरु रहने छन् ।

नेपाल सरकारको सहयोगमा हुने मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेको १९ वटा निर्यात सम्भाव्यता भएका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा व्दिपक्षीय व्यापार प्रवर्द्धन तथा लगानी वारे छलफल हुनेछ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ । मेलालाई अन्तराष्ट्रिय व्राण्डको रुपमा लैजाने योजना महासंघको छ ।

मेलामा नेपालले निर्यात योग्य भनि पहिचान गरिएका अदुवा, कफी, हस्तकला लगायत हर्वल, एक गाउं एक उत्पादन, हिमाली, महिला उद्यमीहरुका उत्पादन लगायतका वस्तुहरुको विशेष प्रवद्र्धन गरिनेछ । यस वर्षको मेलामा १ हजार ५ सय विदेशी र ३ हजार स्वदेशी व्यापारीहरु तथा २ लाख अवलोकनकर्ताहरुले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन भने महासंघका सदस्यहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको मेलामा सहभागिता रहने छ । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवर्द्धकमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन (SARK Trading & Marketing Intl) र अफिसियल इन्टरनेट प्रोभाइडरमा वर्ल्ड लिंक रहेका छन् ।

महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव ४० देखि ५० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । महासंघले सफलतापूर्वक सम्पन्न गरेका यस अघिका मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनिहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको समेत उल्लेख्य सहभागिता थियो ।

मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने अपेक्षा महासंघले गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.