»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ र बहुसरोकारवाला वन कार्यक्रम बीच समझदारीपत्रमा हस्ताक्षर (२०७०/११/१९)


MoU signing

वनजन्य श्रोतसाधनमा आधारित व्यवसायको विकास एवं प्रवद्र्घन गर्न, वन क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन, वन सम्बन्धी नीति निर्माणमा आवश्यक सुझाव दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बहुुसरोकारवाला वन कार्यक्रम (Multi Stakeholder Forestry Program-MSFP) बीच आज एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

बहुसरोकारवाला वन कार्यक्रम नेपाल सरकारको नेतृत्वमा फिनल्याण्ड, स्वीजरल्याण्ड र वेलायत सरकारको सहयोगमा संचालित कार्यक्रम हो । समझदारीपत्रमा महासंघका तर्फबाट महानिर्देशक डा. हेमन्त दवाडी र बहुसरोकारवाला वन कार्यक्रमका तर्फबाट टीम लिडर रामु सुवेदीले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा हस्ताक्षर पछि कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले वन जन्य श्रोत साधनमा आधारित व्यवसायको विकास एवं प्रवद्र्घन गर्न, वन क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन, वन सम्बन्धी नीति निर्माणमा समेत यो सहमती कोशेढुंगा हुने बताउनु भयो ।

बहुसरोकारवाला वन कार्यक्रमका टिम लिडर सुवेदीले यो कार्यक्रममा महासंघसंग सहकार्य गरी अगाडी बढ्न पाएकोमा खुशी प्रकट गर्दै समझदारीपत्रमा उल्लेखित सहमतीका वुंदाहरुको कार्यान्वयनमा प्रतिवद्धता जनाउंदै यसबाट निजी क्षेत्र लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो ।

बहुसरोकारवाला वन कार्यक्रम दातृ संस्थाको तर्फबाट एन्ट्ी ऱ्योटकोनेन (Mr. Antti Rytkonen, Donor Focal Point of MSFP) र एसडीसीका कार्यक्रम व्यवस्थापन विज्ञ विमला राई पौडेलले संझौतापश्चात खुशी प्रकट गर्दै सफलताको कामना गर्नुभयो ।

वन सम्बन्धी गतिविधिको नेतृत्व र संयोजन गरिरहनुभएका महासंघका कार्यकारिणी सदस्य प्रकाश गिरि र महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले वनजन्य श्रोत साधनको व्यवसायीकरण र नीति निर्माणमा दुवै संस्थाको सहकार्य आगामी दिनमा अझ बढी प्रतिफलमुखी हुने विश्वास प्रकट गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.