सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको प्रमुख आतिथ्यतामा नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१४ (Nepal International Trade Fair 2014) को आज भव्य समारोहका बीच भृकुटीमण्डप काठमाडौंमा समुद्घाटन सुसम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा यो मेला आयोजना भएको हो ।
समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि सम्माननीय राष्टपति डा. यादवले नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजित “नेपाल अन्तराष्ट्रिय व्यापार मेला–२०१४ को” समुद्घाटन समारोहमा उपस्थिति भई आफ्नो भनाई समेत राख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डा. यादवले मेला महोत्सवमा हुने राष्ट्रिय अन्तराष्ट्रिय सहभागिताबाट स्वदेशी उद्योग व्यवसायहरुले एकअर्कामा आफ्ना सृजना तथा व्यवसायिक कला कौशलको समेत आदान प्रदान गर्ने हुंदा समग्रमा स्वदेशी उद्योग व्यसाय लाभान्वित हुने बताउंदै मेलामा भागलिन आउनु भएका स्वदेशी उद्यमी व्यवसायीहरुसंगको भेटघाट उठवस, तथा आपसी व्यवसायिक छलफल अन्तरक्रियाबाट सहभागी देशमा भएका प्रविधिगत विकास तथा ती देशको लगानी आकर्षणमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।
आफ्नो संवोधनका क्रममा सम्मानीय राष्ट्रपति डा. यादवले भन्नु भयो - विश्वका सबै मुलुकले आफनो मुलुक भित्र उद्योग व्यवसायको प्रबद्र्धन गर्दछन । आन्तरिक बजारसहज रुपमा उपलव्ध भएमा आन्तरिक उत्पादन फष्टाउने प्रष्ट छ । आन्तरिक बजारमा आफ्नै उत्पादन खपत हुदा एकातर्फ नेपाल भित्र रोजगारी सिर्जना हुने र गार्हस्थ उत्पादनको मात्रा बढ्दछ भने अर्कोतर्फ आयातित बस्तु प्रतिस्थापन भई वहुमूल्य विदेशी मुद्राको पनि बचत हुन्छ । सम्मानीय राष्ट्रपति डा. यादवले भन्नु भयो - आजको विश्वमा कुनै पनि मुलुक विश्व अर्थतन्त्रसंग अलग्गिएर प्रगति गर्न नसक्ने सिद्ध भई सकेको छ । यस्ता अन्तराष्ट्रिय मेलाले नेपाली उत्पादन तथा सेवा र वाह्य सहभागी देशका उत्पादन तथा देशवारे जानकारी दिने र नयां प्रविधि भित्र्याउन मद्दत मिल्ने धारणा मेरो छ ।
नेपाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने तथा नेपाली निर्यातयोग्य वस्तुहरुको निर्यात प्रवद्र्धन गर्ने र अर्कोतर्फ नेपालमा प्रतिस्पर्धात्मक रुपमा तुलनात्मक लाभका क्षेत्रभनि किटान गरिएका १९ वटा वस्तुहरुको प्रवद्र्धन उद्देश्य आपैंmमा एक सह्राहनीय बिषय हो र यस किसिमको अभियान चलाउनुलाई मैले अत्यन्तै सकारात्मक रुपमा लिएको छु भन्नु हुंदै सम्मानीय राष्ट्रपति डा. यादवले यस्ता कार्यक्रमको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघको सह्राहना समेत गर्नुभयो ।
सम्मानीय राष्ट्रपति डा. यादवले भन्नु भयो - अन्तराष्ट्रिय व्यापार मेला नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा मैले लिएको छु । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग हुने भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारेको छलफलले मेलालाई अन्तराष्ट्रिय व्राण्डको रुपमा लैजान र मुलुकलाई अन्तराष्ट्रिय रुपमा समेत पहिचान दिन सफल हुने विश्वास लिएको छु । मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने अपेक्षा गर्दछु ।
सम्मानीय राष्ट्रपति डा. यादवले आयोजक नेपाल उद्योग वाणिज्य महासंघ र यसको नेतृत्वमा रहेर कार्य गर्नुहुने उद्यमी व्यवसायीहरुको यस अभियानको निरन्तर प्रगतिको कामना गर्दै मेलामा भाग लिन विभिन्न मित्रराष्ट्रहरुबाट आउनु भएका व्यवसायिक प्रतिनिधिमण्डलको नेपाल बसाई सुखमय र मेलामा सहभागिता परिणामदायी बन्ने कामना समेत गर्नुभयो ।
कार्यक्रमलाई संवोधन गर्नुहुंदै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव प्रसाद रेग्मीले उत्पादित वस्तुको प्रचार प्रसार भई नेपाली वस्तुहरुको निर्यात व्यापारमा सहजता पुग्ने र समग्रमा नेपालको निर्यात व्यापारमा सुधार आई गरिवीनिवारणमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । सचिव रेग्मीले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा यो मेलाको आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो ।
त्यसअघि स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानी आकर्षण गर्न, वाह्य देशको प्रविधि आकर्षण गर्न, आर्थिक गतिविधिलाई प्रभावकारी पार्न महासंघले यो मेलाको आयोजना गरेको वताउनु भयो । महासंघले स्वदेशमा विभिन्न मेला महोत्सवको आयोजना गर्नुका साथै अन्तराष्ट्रिय मेला महोत्सवमा समेत महासंघको नेतृत्वमा सहभागिता हुंदै आएको पनि वताउनु भयो । महासंघले नयां सरकारको गठनसंगै आर्थिक मुद्दाहरुलाई पनि सशक्त रुपमा स्थापित गर्ने उद्देश्यले हालै मात्र आर्थिक शीखर सम्मेलन सम्पन्न गरेको जानकारी गराउनु हुंदै यो मेला पनि यसैको श्रृंंखला भएको र यस अर्थमा यो मेला अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो ।
आफ्नो मन्तव्यको क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाललाई अन्तराष्ट्रियरुपमा व्राण्डिङ गर्ने लक्ष्यका साथ शुरु गरिएको यो मेला तेश्रो संस्करण भएको जानकारी गराउनु भयो । अन्तराष्ट्रिय मेला महोत्सव आयोजनाका लागि एक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलको अभावका वावजुदपनि महासंघले सफलतापूर्वक मेला आयोजना गर्दै आएकाले आवश्यक भौतिकपूर्वाधार निर्माणमा सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । साथै उहांले मेलामा भागलिने प्रयोजनका लागि आउने प्रदर्शकहरुका लागि कर राजश्व नलगाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।
महासंघको व्राण्डिङ तथा आयश्रोतपरिचालन समितिका सभापति कल्याण ताम्राकारले नेपाल सरकारको समेत सहकार्यमा भएको यो मेलामा नेपाल व्यापार रणनीति अन्तरगत पहिचान गरिएका १९ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइने छ । मेलामा अन्तराष्ट्रिय सहभागिताबाट नेपाली उत्पादनको प्रवद्र्धन आपसी सहकार्यमा समेत सघाउ पुग्ने विश्वास प्रकट गर्नुभयो ।
समुद्घाटन समारोहमा चीनका तर्फबाट चीनको वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार विकास व्यूरोका उपमहानिर्देशक चु च्वाङ चिङ, डेपुटी डीजी, टीडीवी, चाइना (Jhu, Zhongxing, Deputy DG, TDB, China), वंगलादेशका तर्फबाट बंगला क्राफ्टका अध्यक्ष एस. यू. हैदर, (Mr. S.U. Haider, President, Bangla Craft) ले नेपालमा आयोजना भएको मेलामा सहभागी हुन पाएकोमा खुशी प्रकट गर्दै यसबाट दुई देश बीचको आर्थिक व्यापारिक प्रर्वद्धनमा समेत सघाउ पुग्ने विश्वास प्रकट गर्नुभयो ।
यस वर्षको मेलाको मुख्य आकर्षणमा हर्वस एण्ड हर्वल एक्सो, जेम्स एण्ड जैवलरी सो, विशेष आकर्षणमा हस्तकलाका सामग्रीहरु, वंगलादेश, पाकिस्तान, चाइनाका पेभिलियनहरु, नेपाली महिला उद्यमीहरुद्वारा तयार गरिएका सामग्रीहरु र ओडिओपी सामग्रीहरु रहने छन् । जडीवूटी महोत्सव अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरिएको परिसरमै आयोजना भएको छ भने वहुमुल्य गरगहना प्रदर्शनी (NITF- Gems and Gewellery Show) को होटल याक एण्ड यतिमा आजै माननीय अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा समुद्घाटन सम्पन्न भयो । वहुमुल्य गरगहना प्रदर्शनी २४ गतेसम्म संचालन हुने छ ।
अन्तराष्टिय व्यापार मेलामा २ सय ८० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी भएको छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने कार्यक्रम छ । मेलामा स्वदेशी १ सय ७५, वंगलादेश ५४ वटा, चीन २१, पाकिस्तान २०, भारत ५, थाइल्याण्ड १, ठुला उद्योग प्रतिष्ठानका ४ वटा वटा स्टलहरु रहेका छन् ।
नेपाल सरकारको सहयोगमा मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेको १९ वटा निर्यात सम्भाव्यता भएका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ ।
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने छ ।
महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन भने महासंघका सदस्यहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको मेलामा सहभागिता रहने छ । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवद्र्धकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन (SARK Trading & Marketing Intl), अफिसियल इन्टरनेट प्रोभाइडरमा वल्र्ड लिंक, इभेन्ट म्यानेज एक्सो एण्ड इभेन्ट, र डीइसीसी रहेका छन् ।
नेपाल अन्तराष्ट्रिय मेला आगामी २६ गतेसम्म चल्ने छ । उद्घाटन समारोहमा महासंघका उपाध्यक्ष भवानी राणा, व्राण्डिङ तथा आयश्रोत परिचालन समिति, सहसभापतिद्वय विकासरत्न धाख्वा र रंजित आचार्य, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, नेपाल जडिवूटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे नेपाल सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष मनिषलाल प्रधान, नेपाल सरकारका उच्चपदीथ अधिकारीहरु, महामहिम राजदूतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, राजनीतिक दलका नेतागणहरु, संचारकर्मीहरु, उद्यमी व्यवसायीहरु, स्वदेशी एवं विदेशी प्रर्दशकहरुको उपस्थिति रहेको थियो ।