»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०१४ मा दर्शकहरुको चाप बढ्दो होटल याक एण्ड यतिमा पनि दर्शकहरुको सहभागिता उत्साहजनक (२०७०/११/२३)


NITF 2014

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटीमण्डपमा संचालन भैरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०१४ (Nepal International Trade Fair 2014) को दोश्रो दिन आज दर्शकहरुको चाप निकै रह्यो । आज एकै दिन करिव ५० हजारले मेलाको अवलोकन गरेका छन् । भोली सार्वजनिक विदा भएकाले मेलाको अवलोकन गर्ने दर्शकहरुको चाप अझ बढ्ने अपेक्षा महासंघको छ । मेला आगामी फागुन २६ गतेसम्म चल्ने छ ।

NITF 2014

मेलाकै अवसरमा आजै होटल याक एण्ड यतिमा बहुमुल्य गरगहनाका विषयमा संचारमाध्यमहरुसंग अन्तरक्रिया समेत सम्पन्न भयो । होटल याक एण्ड यतिमा एनटीआइएफ जेम्स एण्ड जैवलरी शो संचालन भैरहेको छ । उक्त शो दर्शक तथा आगन्तुक व्यवसायिक प्रतिनिधिमण्डलको उत्साहजनक सहभागिता रहेको छ । एनटीआइएफ जेम्स एण्ड जैवलरी शो फागुन २४ गतेसम्म चल्ने छ ।

NITF 2014

सम्माननीय राष्ट्रपति डा. यादवको प्रमुख आतिथ्यतामा हिजो समुद्घाटन भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१४ नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना भएको हो ।

NITF 2014

अन्तराष्ट्रिय व्यापार मेलामा २ सय ८० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी भएको छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने कार्यक्रम छ । मेलामा स्वदेशी १ सय ७५, वंगलादेश ५४ वटा, चीन २१, पाकिस्तान २०, भारत ५, थाइल्याण्ड १, ठुला उद्योग प्रतिष्ठानका ४ वटा वटा स्टलहरु रहेका छन् । मेलामा चीनको व्यापार विकास व्यूराका उपमहानिर्देशक चु च्वाङ चुको नेतृत्वमा चिनियां व्यवसायिक प्रतिनिधिमण्डलले भाग लिइरहेको छ भने वंगलादेशको वंगला क्राफ्टका अध्यक्ष एसयू हैदरको नेतृत्वमा व्यवसायीहरुले भाग लिइरहेका छन् ।

मेलामा नेपाल कक्षमा एनटीआइएसका १९ वटा वस्तुहरुको विशेष प्रर्वद्धन गरिएको छ भने तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्य भैरहेको छ । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत भैरहेको छ ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन भने महासंघका सदस्यहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको मेलामा सहभागिता रहेका छन् । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवद्र्धकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन (SARK Trading & Marketing Intl), अफिसियल इन्टरनेट प्रोभाइडरमा वल्र्ड लिंक, इभेन्ट म्यानेज एक्सो एण्ड इभेन्ट, र डीइसीसी रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.