सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा गत फागुन २२ गते विहीवारका दिन समुद्घाटन भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१४ आज औपचारिक रुपमा सम्पन्न भयो ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघको सहआयोजना र नेपाल सुनचांदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको सहभागितामा आयोजना भएको मेलामा आजसम्म लगभग २ लाख ३५ हजारले अवलोकन गरेका छन् । मेलामा करिव १५ करोड वरावरको कारोवार भएको छ भने, त्यो भन्दा पनि महत्वपूर्ण पक्ष मेलामा भाग लिन आएका सहभागी देशका उद्यमी व्यवसायी र स्वदेशी उद्यमी व्यवसायी बीचको आपसी व्यवसायिक सम्बन्ध विस्तारलाई हामीले महत्वपूर्ण लिएका छौं ।
मेला आयोजना अवधिमा वंगलादेश, चीन र नेपालका उद्यमी व्यवसायी वीच आपसी व्यवसायिक भेटवार्ता सम्पन्न भएको छ । सो अवसरमा चिनियां पक्षबाट नेपालमा व्यवसायिक कृषि तथा जलविद्युतमा लगानी गर्ने प्रतिवद्धता आएको छ भने वंगलादेशको कम्पनी सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशनलले नेपाली उत्पादन इनरिचर हर्वल प्रोडक्टका उत्पादनहरु त्यहांको वजारमा विक्रीवितरण गर्ने सहमती गरेको छ । मेलामा आम नेपाली जनताको अपार माया र समर्थनका कारण मेलालाई हामीले निरन्तरता दिने प्रतिवद्धता अनुरुप अर्को वर्ष २०१५ को मार्च १२ देखि १६ सम्म (फागुन २८ देखि चैत्र २, २०७१) आयोजना गर्ने आयोजकको तर्फबाट हामी तपाई प्रवुद्ध संचारकर्मीहरु मार्फत घोषणा गर्दछौं । मेलाको सम्माननीय राष्टपतिज्यू, माननीय सभासदहरु, राजनीतिक दलका शीर्षस्थ नेताहरु, नेपाल सरकारका मुख्य सचिव सहित सचिव, सहसचिवज्यूहरु, राजदूतहरु, बैंकर्सहरुले अवलोकन गर्नुभयो ।
अन्तराष्ट्रिय व्यापार मेलामा ३ सय ५० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड, डेनमार्क लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने कार्यक्रम छ । मेलामा वंगलादेश ५४ वटा, चीन २१, पाकिस्तान २०, भारत ५, थाइल्याण्ड १, ठुला उद्योग प्रतिष्ठानका ४ वटा वटा स्टलहरु रहेका थिए । जेम्स एण्ड जैवलरी मेला होटल याक एण्ड यतिमा (फागुन २२ देखि २४ सम्म) सम्पन्न भयो । मेलामा चीनको व्यापार विकास व्यूराका उपमहानिर्देशक चु च्वाङ चुको नेतृत्वमा चिनियां व्यवसायिक प्रतिनिधिमण्डलले भाग लियो भने वंगलादेशको वंगला क्राफ्टका अध्यक्ष एसयू हैदरको नेतृत्वमा व्यवसायीहरुले भाग लिए ।
मेलामा नेपाल कक्षमा एनटीआइएसका १९ वटा वस्तुहरुको विशेष प्रर्वद्धन गरियो भने तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्य समेत भयो । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हामीले लिएका छौं । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवद्र्धकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन (SARK Trading & Marketing Intl), अफिसियल इन्टरनेट प्रोभाइडरमा वल्र्ड लिंक, एक्सो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि. र डाइरेक्सन नेपाल रहेका थिए भने हाम्रो अफिसियल एडभरटाइजिङको रुपमा एडी फ्याक्सटर रहेको थियो । त्यसैगरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्था यू सेवन इन्टर प्राइजेज, ६ वटा फुड स्टलहरु, भृकुटीमण्डप, नेपाल टुरिज्म वोर्ड, नेपाल ट्राफिक कार्यालय र नेपाल प्रहरी सहित सवैलाई हार्दिक आभार सहित धन्यवाद ।
नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१४ लाई सफलतापूर्वक सम्पन्न गराउन यहां संचारकर्मी मित्रहरुले पुरयाउनु भएको सहयोगका लागि हामी आभार व्यक्त गर्दछौं । मेलाको मुख्य सहयोगी नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सहआयोजक, सहभागी सवै संघ संस्थाहरु, सवै नेपाली जनतालाई हार्दिक आभार सहित धन्यवाद ।