नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको संयुक्त आयोजनामा चैत्र ९ र १० गते काठमाडौंमा Nepal Business Conclave - 2014 आयोजना हुंदैछ । नेपालमा लगानीका लागि अन्तराष्ट्रिय एवं राष्ट्रिय लगानीकर्ताहरुलाई आकर्षण गर्ने र नेपालका सम्भाव्य परियोजनाहरुका वारेमा लगानीकर्तालाई जानकारी दिने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । Nepal Business Conclave - 2014 पहिलो मुख्य उद्देश्यनै नेपाललाई प्रमुख लगानी गन्तव्यको रुपमा अन्तराष्ट्रियरुपमा प्रवद्र्धन गर्नु र नेपाली र विदेशी लगानीकर्ताहरुलाई आपसी सहयोग गर्न सघाउनु हो ।
यस सम्बन्धमा महासंघद्वारा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्यले सम्मेलनका विषयमा विस्तृत जानकारी गराउनु भयो ।
प्रधानमन्त्री सुशिल कोइरालाको प्रमुख आतिथ्यतामा आयोजना हुने Nepal Business Conclave - 2014 मा मुख्य वक्ताको रुपमा आधुनिक मलेशियाको आर्थिक विकासका प्रणेता एवं मलेशियाका पूर्व प्रधानमन्त्री डा. महाथिर विन मोहमद हुनुहुनेछ । नेपाल सकारका मन्त्रीहरु, विशिष्टि सरकारी अधिकारीहरुको सहभागिता रहने सम्मेलनमा भाग लिन मलेशियाका पूर्व प्रधानमन्त्री डा. महाथिर विन मोहमद भोली नेपाल आउंदै हुनुहुन्छ । त्यसैगरि सोही सम्मेलनमा भाग लिन मलेशियाका एभचदबमबलबल एगतचबवबथब का अध्यक्ष Tan Sri Dato Seri (Dr) Aseh Bin Che Mat को नेतृत्वमा ३५ सदस्यीय मलेशियन व्यवसायिक प्रतिनिधिमण्डल र मित्रराष्ट्र चीनको यूनान प्रान्तका गर्भनर LI Jiheng को नेतृत्वमा ३३ सदस्यीय व्यवसायीहरु सम्मिलित चिनियाँ प्रतिनिधिमण्डल, वेलायत, भारत, क्यानाडा लगायतका मुलुकका लगानीकर्ता तथा व्यवसायिक प्रतिनिधिमण्डलको सहभागिता रहने छ ।
सम्मेलनकै दौरान नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुलाई समेटेर महासंघले ५० वटा भन्दा बढी परियोजना लगानीका लागि तयारी रहेको जानकारी सम्मेलन मार्फत दिने कार्यक्रम छ । यी परियोजनालाई नेपाल सरकारबाट औपचारिक रुपमा अगाडी बढाई पूंजी, लगानीकर्ता तथा प्रविधिको खोजी गरिने कार्यक्रम छ ।
Nepal Business Conclave - 2014 लाई बढी उपलव्धी मुलुक बनाउन र यसमा सहभागितालाई बढी परिणामदायी बनाउने उद्देश्यले महासंघले यसको दर्ता प्रक्रिया खुला गरिसकेको छ । अहिलेसम्म करिव १०० जना भन्दा बढी नेपाली व्यवसायीहरुले कार्यक्रमममा सहभागिताका लागि आफ्नो नाम दर्ता गराईसकेका छन् । यस कार्यक्रममा केही व्यवसायीहरु बीच लगानी बढाउने सम्बन्धमा स्मृतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत छ ।
Nepal Business Conclave - 2014 लाई आइएमइ ग्लोवल बैंक, आइसीटीसी, वैद्यज अर्गनाइजेशन, जगदम्वा, भाटभटेनी सुपर मार्केट, सिभिल ग्रुप, वजाज, ज्योति समूह, अम्वे सिमेन्ट, कन्टिनेन्टल ग्रुप, एचपी अग्रवाल ग्रुप जस्ता कम्पनीहरुले सहयोग गरिरहेका छन् भने अफिसियल मेडियाको रुपमा कान्तिपुर र काठमाडौं पोष्ट रहेका छन् ।
पत्रकार सम्मेलनलाइ संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले महासंघले गर्न सक्ने परियोजनाको रुपमा ५४ वटा परियोजना प्रोफाइल तयार पारेको र त्यसको लागत करिव २५० अरव रहेको वताउनु भयो । अध्यक्ष वैद्यले भन्नु भयो - नेपालीहरु पनि आफ्नो मुलुकको पहिचान राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गराउनु सफल भैसकेका र त्यसको वलियो प्रमाण नेपाली क्रिकेट खेलाडीहरुले पाएको सफलता हो भने नेपाली निजी क्षेत्र पनि मुलुकको आर्थिक विकासका लागि प्रतिवद्ध छ र केही गर्न अगाडी बढी सकेको छ भन्ने संदेश हालै सफल रुपमा सम्पन्न भएको नेपाल आर्थिक शिखर सम्मेलन र तत्पश्चात महासंघको अग्रसरतामा आयोजना हुन लागेको नेपाल विजनेश कन्क्लेभनै हो । सम्मेलनका दौरान करिव ६ वटा परियोजनामा सहकार्यका लागि सहमतीपत्रमा हस्ताक्षर हुने समेत उहांले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा महासंघका महानिर्देक डा. हेमन्त दवाडीले सम्मेलनको महत्व माथि प्रकाश पार्नु भयो ।