नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा सुविधासम्पन्न सूचना केन्द्र (अमेरिकी पुस्तकालय) स्थापना गर्ने सम्बन्धमा महासंघ र काठमाडौंस्थित अमेरिकी राजदुतावास बीच आज महासंघ सचिवालयमा सहमतिपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
सो सहमतिपत्रमा महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि अमेरिकी राजदूत पिटर वोडे (H.E. Peter Bodde, Ambassador of USA to Nepal) ले हस्ताक्षर गर्नुभयो । नेपालका मुख्य शहरहरुमा अमेरिकी पुस्तकालय स्थापना गर्ने क्रममा अमेरिकी राजदुतावासले यसअघि यस्तै अमेरिकी पुस्तकालय कैलाली, सुर्खेत, पोखरा, वीरगंज, विराटनगर, भैरहवा लगायतका शहरहरुमा स्थापना गरिसकेको छ ।
महासंघ सचिवालयको मुख्यालय टेकूमा स्थापना हुने उक्त पुस्तकालयमा विश्वका आर्थिक तथा समसामयिक विषयका सूचना तथा जानकारीहरु प्राप्त हुनेछन् । यस्ता सूचना केन्द्रबाट निजी क्षेत्रका साथै अध्ययन अध्यापनमा संलग्नहरु, सरोकारवालाहरु लाभान्वित हुनेछन् । १० हजार भन्दा बढी पुस्तक, अनलाइन श्रोत र उच्च व्याण्डविथको इन्टरनेट सुविधा हुने पुस्तकालयमा एक पटकमा पचासचन्दा बढी सेवा ग्राहीहरु अटाउने क्षमता हुनेछ ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले महासंघ सचिवालयमा स्थापना हुने अमेरिकी पुस्तकालयबाट उद्यमी व्यवसायी समेत लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो । नेपालको आर्थिक विकासमा अमेरिकी सरकार र अमेरिकी राजदुतावासको सहयोगको सराहना गर्नुहुंदै अध्यक्ष वैद्यले निजी क्षेत्रसंगको सहकार्यको महासंघ उच्च मुल्यांकन गर्दछ । उहांले अमेरिकी राजदुतावासले नेपालका मुख्य शहरहरुमा स्थानीय उद्योग वाणिज्य संघहरुसंग मिलेर यस्ता पुस्तकालयहरु स्थापना गरेकोमा यसले निजी क्षेत्रलाई समेत आफ्ना उद्यम व्यवसायको प्रवद्र्धन तथा ज्ञान आर्जनमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुहुंदै सहमतीमा उल्लेखित भावना अनुसार उक्त पुस्तकालय छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
अमेरिकी राजदूत पिटर वोडेले नेपाली निजी क्षेत्रसंग मिलेर अमेरिकी पुस्तकालय स्थापना गर्न पाएकोमा खुशी प्रकट गर्दै महासंघ सचिवालयमा स्थापना हुने पुस्तकालय आधुनिक सुविधा सम्पन्न र अधिक सूचना श्रोतले सम्पन्न हुनेछ । उहांले पुस्तकालय छिट्टै संचालनमा ल्याउन राजदूतावासले पहल गर्ने समेत बताउनु भयो । नेपालमा स्थापना भएका केन्द्रहरु मध्ये सवैभन्दा ठूलो रहने राजदुत वोडेले बताउनु भयो ।
For photos, please visit
href="https://www.facebook.com/media/set/?set=a.748549935179360.1073741877.266553046712387&type=1" target="_blank">https://www.facebook.com/media/set/?set=a.748549935179360.1073741877.266553046712387&type=1
or
https://plus.google.com/photos/103429292111014541126/albums/5994311397199183457