नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको संयुक्त आयोजनामा चैत्र ९ र १० गते काठमाडौंमा आयोजित Nepal Business Conclave-2014 आज सम्पन्न भयो । सम्माननीय प्रधानमन्त्री सुशिल कोइरालाबाट समुद्घाटन र मलेशियाका पूर्व प्रधानमन्त्री डा. महाथिर विन मोहमद मुख्य वक्ता रहनु भएको सम्मेलनको अन्तिम दिन आज आयोजित समापन कार्यक्रममा विभिन्न विषयमा सहमती समेत भएको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना चेम्वर अफ काउन्सिल बीच पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर भयो । सो सहमतीपत्रमा महासंघका अध्यक्ष सुरज वैद्य तथा काउन्सिलका तर्फबाट श्रीमती वाङ पिङ (Ms, Wang Ping, President, China Chamber of Toursim) ले हस्ताक्षर गर्नुभयो ।
त्यसैगरि पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले मलेशियाको Protasco Development SDN BHD र नेपालको Himalayan Builders and Engineers Pvt. Ltd, नेपालको Himalayan Builders and Engineers Pvt. Ltd र मलेशियाको Kumpulan Ikram SDN BHD नेपाल बीच इन्जिनियरिङ प्रयोगशाला स्थापना गर्ने, नेपालको Himalayan Builders and Engineers Pvt. Ltd, Ikram Education SDN BHD बीच शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर भयो । त्यस्तै JSB Financial Centre परियोजनाका लागि नेपालका तर्फबाट Centrino Global चाइनिज कम्पनी Tibet GdadangTourism Development Pvt Ltd. बीच letter of intent मा हस्ताक्षर भयो ।
त्यसैगरि Ankhu Hydro Power Projet का लागि उक्त प्रोजेक्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र MY Investment Group का अध्यक्ष बीच letter of intent मा हस्ताक्षर भयो ।
नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय एवं राष्ट्रिय लगानीकर्ताहरुलाई आकर्षण गर्ने र नेपालका सम्भाव्य परियोजनाहरुका वारेमा लगानीकर्तालाई जानकारी दिने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा स्वदेशी तथा विदेशी गरि करिव ३ सय जनाको सहभागिता रह्यो । आजको व्यावसायिक शत्रमा स्वदेशी र विदेशी गरि ९ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपालमा लगानीका लागि वातावरण तथा लगानी सम्बन्धी नीति नियम, नेपाल विश्व लगानीका लागि उदांउदो गन्तव्य, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा कार्यपत्र प्रस्तुत प्रस्तुती भएको थियो ।
नेपाल सरकारका मन्त्रीहरु, विशिष्टि सरकारी अधिकारीहरुको सहभागिता रहेको सम्मेलनमा मलेशियाका Perbadanan Putrajaya का अध्यक्ष Tan Sri Dato Seri (Dr) Aseh Bin Che Mat को नेतृत्वमा ३५ सदस्यीय मलेशियन व्यवसायिक प्रतिनिधिमण्डल र मित्रराष्ट्र चीनको यूनान प्रान्तका गर्भनर LI Jiheng को नेतृत्वमा ३३ सदस्यीय व्यवसायीहरु सम्मिलित चिनियाँ प्रतिनिधिमण्डल, वेलायत, भारत, क्यानाडा लगायतका मुलुकका लगानीकर्ता तथा व्यवसायिक प्रतिनिधिमण्डलको सहभागिता थियो ।
सम्मेलनकै दौरान नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुलाई समेटेर महासंघले ५३ वटा भन्दा बढी परियोजनाहरु समेटिएको प्रोफाइल पनि लोकापर्ण गरियो । त्यसैगरि नेपाली र विदेशी व्यवसायीहरु बीच वीटुवी बैठक समेत सम्पन्न भयो ।
अन्य फोटोको लागि यहाँ क्लिक गर्नु होला - https://picasaweb.google.com/103429292111014541126/NepalBusinessConclave2014March23242014?authuser=0&feat=directlink