»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष एवं कार्यकारिणी समिति सदस्यहरुबाट सपथ–महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन भोली (२०७०/१२/३०)


नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई निवर्तमान अध्यक्ष सुरज वैद्यले आज महासंघ सचिवालयमा पद तथा गोपनियताको सपथ गराउनु भयो । त्यसैगरि नवनिर्वाचित अध्यक्ष पाण्डेले नवनिर्वाचित उपाध्यक्ष तथा कार्यकारिणी समिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भयो । साथै सोही अवसरमा निवर्तमान अध्यक्ष वैद्यले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई महासंघको अध्यक्षको पिन हस्तान्तरण गर्नु भयो ।

Oath Taking

त्यसैगरि नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत कार्यकारिणी समितिका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत शिव रिजालले प्रमाणपत्र प्रदान गर्नुभयो ।

आजै महासंघ सचिवालयमा सम्पन्न नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन भोली विहान ९ वजे महासंघ सचिवालयमा गर्ने निर्णय समेत गरेको छ ।

Oath 

Taking

कार्यकारिणी समितिको बैठकले महासंघको ४८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने महासंघका निवर्तमान पदाधिकारी, कार्यकारिणी समिति सदस्य, सदस्य संघ/संस्थालाई धन्यवाद दिने निर्णय गर्‍यो । साथै बैठकले महासंघको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतहरुलाई विशेष धन्यवाद दिने निर्णय समेत गरेको छ ।

समारोहलाई संवोधन गर्नुहुंदै नवनिर्वाचित अध्यक्ष पाण्डेले नयां संविधानमा निजी क्षेत्रको सुझाव समावेश गर्ने, चेम्वर कानून ल्याउन पहल गर्ने र महासंघको विधान संशोधन कार्यलाई अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो । महासंघले थालनी गरेका कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाउंदै निवर्तमान अध्यक्ष सहित पूर्व अध्यक्षहरुबाट आफुले निरन्तर सल्लाह सुझाव पाउने विश्वास प्रकट गर्नुभयो ।

निवर्तमान अध्यक्ष सुरज वैद्यले महासंघको संस्थागत एवं छवि विकासमा आफ्नो नेतृत्वमा धेरै कार्यहरु भएका र ती कार्यहरुलाई नयां नेतृत्वले पनि निरन्तर रुपमा अगाडी बढाउने विश्वास दिलाउंदै नयां नेतृत्वलाई आफ्रनो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

Oath 

Taking

यसअघि चैत्र २८ र २९ गते सम्पन्न महासंघको ४८ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे, उपाध्यक्षहरुमा किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा सहित कार्यकारिणी समिति सदस्यहरु निर्वाचित हुनु भएको थियो ।

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला https://plus.google.com/photos/103429292111014541126/albums/6001769301903258865?banner=pwa

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.