»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको प्रतिनिधिमण्डलद्वारा वाणिज्य तथा आपूर्ति मन्त्री थापा समक्ष भेटवार्ता (२०७१/१/४)


Meeting

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापासंग आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेटगरी मुलुकको व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गऱ्यो । निर्यातको तुलनामा आयात व्यापार उच्च रुपमा वृद्धि भइरहेको कहालीलाग्दो अवस्थामा निजी क्षेत्रलाई विश्वास लिएर काम गर्न समेत महासंघको प्रतिनिधिमण्डलले मन्त्री थापा समक्ष आग्रह गऱ्यो ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर के.सी.को उपस्थितिमा महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु सहभागि रहनु भएको सो भेटवार्तामा महासंघका अध्यक्ष पाण्डेले नवनियुक्त वाणिज्य मन्त्रीको कार्यकालमा निर्यात प्रवद्र्धनलाई बढावा दिने नीतिहरु ल्याउन सुझाव समेत दिनु भयो । के गर्दा मुलुकको निर्यात व्यापार बढ्छ र विस्तारै आयात कम हुंदै जान्छ त्यसतर्फ वाणिज्य मन्त्रालयसंग सहकार्य गर्न महासंघ तयार रहेको अध्यक्ष पाण्डेले विश्वास दिलाउनु भयो ।

Meeting

त्यसैगरि महासंघका अध्यक्ष पाण्डेले निर्यातयोग्य भनि पहिचान गरिएका १९ वटा वस्तुहरुका सम्बन्धमा परिमार्जन गर्ने, आर्थिक कुटनीतिलाई प्रभावकारी पार्नुपर्ने, सम्भाव्य नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्नुपर्ने, पारवहन सुविधालाई चुस्त र दुरुस्त पार्नुपर्ने, साना व्यवसायीलाई समेत हतोत्साहित गर्ने किसिमले अनुगमन गर्न नहुने सुझाव मन्त्री थापा समक्ष राख्नु भयो ।

सो अवसरमा मुलुकभित्र व्यवसायिक लागत (cost of doing business) कम गरी व्यवसाय गर्ने वातावरण वनाउनुपर्ने, विप्रेशणलाई पूर्वाधार विकासतर्फ आकर्षित गर्नुपर्ने, वनजंगलको व्यवसायिकरण हुनुपर्ने, नेपाली उत्पादनहरुको दक्षिण एशियाली देशहरुमा निर्यात प्रवद्र्धन गर्नुपर्ने, मुलुकको व्यापार प्रवद्र्धनका लागि वाणिज्य मन्त्रालयलाई अझ बढी सशक्त र प्रभावकारी पार्दै लैजानुपर्ने लगायतका सुझावहरु राखिएको थियो ।

उक्त भेटवार्तामा नवनियुक्त वाणिज्य मन्त्री थापाले निजी क्षेत्रका तर्फबाट महासंघले दिएका सुझावहरुलाई गम्भीरतापूर्वक लिई यसको कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो । उहांले आफू र मन्त्रालय सदैव निजी क्षेत्रसंग सहकार्य गरेर जाने बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.