»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष पाण्डे र नेपालका लागि चिनियां राजदूत बीच भेटवार्ता (२०७१/१/४)


Meeting

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र नेपालका लागि चिनिया राजदुत वु छुन्थाई (H.E. Wu Chuntai) को बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो ।

महासंघका उपाध्यक्ष शेखर गोल्छा समेत सहभागी रहनु भएको सो भेटवार्तामा राजदुत वु छुन्थाई (H.E. Wu Chuntai) को स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले चीनसंगको बढ्दो व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटा कम गर्न नेपालमा चिनियां लगानी विस्तारमा सहयोग गर्न राजदुत समक्ष आग्रह गर्नु भयो ।

Meeting

सो अवसरमा अध्यक्ष पाण्डेले पर्यटन, पूर्वाधार, निर्माण लगायत उर्जा, खानीजन्य, उद्योग, शिक्षा, स्वास्थ्य, सौर्य उर्जा लगायत वैकल्पिक उर्जामा नेपालमा चिनियां लगानीको आवश्यकतामा जोड दिनु भयो ।

सो अवसरमा राजदुत वु छुन्थाई (H.E. Wu Chuntai) ध्ग ऋजगलतबष्० चीनले हासिल गरेको विकासका सफलतालाई आफ्ना छिमेकी देशहरुसंग पनि बांडन चाहेको वताउनुहुंदै नेपालमा चिनियां लगानी आकर्षणमा आफूले कुटनीतिक तवरबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

नेपालमा चिनियां सहयोग अझ विस्तार हुंदै जाने विश्वास दिलाउंदै उहांले मानव शंसाधन विकास, रोजगारी सृजना, पूर्वाधार निर्माण, पर्यटन विकास लगायतमा सहयोग हुने बताउनु भयो । कुनमिङ फेयरसंगै आगामी जुन ६ देखि १० सम्म चीनमा आयोजना हुने चाइना साउथ एशिया एक्सपोमा नेपालको सहभागिता महत्वपूर्ण हुने पनि उहांले बताउनु भयो ।

सो अवसरमा राजदुत वु छुन्थाई (H.E. Wu Chuntai) ले महासंघका नवनियुक्त अध्यक्ष पाण्डेलाई बधाई समेत दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.