»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा लगानीको सम्भाव्यता विषयमा नेपाली र फ्रान्सेली उद्यमी व्यावसायी बीच छलफल (२०७१/१/११)


French Team

नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको फ्रान्सेली व्यावसायिक प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा नेपालमा लगानीका सम्भाव्यता विषयमा छलफल भयो । छलफल कार्यक्रममा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र फ्रान्सेली व्यवसायीहरुको प्रतिनिधित्व नयां दिल्लीस्थित फ्रान्सेली राजदूतावासमा बसेर दक्षिण एशियाको व्यवसाय हेर्ने प्रमुख जेयन रेने कोगार्ड (Mr. Jean-Rene COUGARD, Minister Counsellor, Head of the Regional Economic Service for South Asia, Embassy of France in New Delhi) ले गर्नु भएको थियो ।

पूर्वाधारमा विश्वभर लगानी गरिरहेको फ्रान्सका ठूला पूर्वाधार कम्पनीका प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागिता थियो । फ्रान्सेली व्यवसायिक टोलीमा फ्रान्सेली लगानीमा भारतमा संचालित करिव डेढ दर्जन कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो । टोलीमा एल्सटम टी एण्ड डी, पुमा ग्रुप, एकोर, एल्सटम पावर इण्डिया, ड्यासल्ट सिस्टम, एगिस, लुमिप्लान, मोरोफो, स्वेज इनभाइरोन्मेन्ट, सन् फ्लावर, सिस्त्रा, भिओलिया ट्रान्सपोर्ट र फ्रान्स नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधित्व रहेको थियो । नेपालका तर्फबाट सौर्य उर्जा, जल उर्जा, शहरी विकास र केवलकार क्षेत्र लगायत पूर्वाधार विकासमा काम गरिरहेका व्यवसायी तथा लगानीकर्ताहरुको सहभागिता थियो ।

उक्त प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले नेपालमा यतिखेर लगानीको राम्रो सम्भावना रहेको र आर्थिक विकासका लागि नेपालले वाह्य लगानी खोजिरहेकाले नेपालमा आएर लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेले संविधानसभाको निर्वाचन सम्पन्न भई नयां संविधानसभा मार्फत संविधान निर्माण कार्य अगाडी बढेको र स्थिर सरकार वहाली रहेकाले नेपाल अव आर्थिक विकासको मार्गतर्फ अगाडी बढी सकेको संकेत दिनुहुंदै नेपालको पूर्वाधार विकास, उर्जा, सेवा क्षेत्र, पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको प्रष्ट्याउनु भयो । नेपालमा रहेर लगानी गरिरहेका वाह्य कम्पनीहरुले राम्रो मुनाफा आर्जन गर्न सफलता प्राप्त गरेको उदाहरण दिनु हुंदै अध्यक्षले महासंघले हालै मात्र नेपाल विजनेश कन्क्लेभको आयोजना गरि ५० वटा परियोजनाहरु लगानीका लागि तयारी रहेको संदेश दिइसकेको बताउनु भयो । साथै वाह्य लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारका कार्यक्रमहरु पनि अगाडी बढी सकेको संदेश पनि फ्रान्सेली व्यवसायीहरुलाई दिनु भयो ।

French Team

नेपालले सन् २०२२ सम्म आफ्ूलाई अल्पविकसित मुलुकको दर्जाबाट माथि उठाउने घोषणा गरिसकेको स्मरण गराउंदै यसका लागि नेपाललाई बढीभन्दा बढी लगानीको आवश्यकता रहेको बताउनु भयो । नेपालमा लगानीका लागि आवश्यक वातावरण वनाउने कार्यमा महासंघले आवश्यक सघाउ पुरयाउने प्रतिवद्धता समेत जनाउनु भयो ।

महासंघका उपाध्यक्ष शेखर गोल्छा पनि सहभागि रहनु भएको सो अवसरमा नेपाल लगानी वोर्डका प्रमुख कार्यकारि अधिकृत राधेश पन्तले नेपालमा लगानीको वातावरणका विषयमा प्रकाश पार्नु भएको थियो ।

सो छलफलमा प्रमुख जेयन रेने कोगार्डले शहरी विकास, उर्जा, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न सकिने इच्छा व्यक्त गर्नुभयो । साथै उहांले भेटघाट तथा छलफल कार्यक्रम महत्वपूर्ण भएको र यसबाट नेपालमा लगानीको वातावरण वुझ्ने र फ्रान्सेली लगानी आकर्षणमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.