»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालका लागि इण्डोनेशियाका राजदुत महासंघ सचिवालयमा: नेपाल र इण्डोनेशिया बीच आर्थिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा सहकार्यको सम्भाव्यता (२०७१/१/२५)


नेपाल र इण्डोनेशिया बीच आर्थिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा सहकार्यको सम्भाव्यता औल्याइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजित नेपाल-इण्डोनेशिया बीच अवसरहरुको पहिचान (Nepal-Indonesia exploring opportunities) विषयक छलफल कार्यक्रममा सो सम्भाव्यता औल्याइएको हो । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र नेपालका लागि इण्डोनेशियाका राजदुत इवान इरानाता अताम्द्जा (IWAN WIRANATA-ATMADJA, Ambassador of Indonesia to Nepal) को समुपस्थितिमा आयोजित सो छलफल कार्यक्रममा उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।

Meeting

सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएका नेपाल र इण्डोनेशिया बीच भौगोलिक तथा सांस्कृतिक क्षेत्रमा निकै धेरै समानता रहेको छ । दुवै देशको संयुक्त प्रयासमा लघु तथा साना उद्यम विकास, हस्तकला, पर्यटन तथा उत्पादनमुलक क्षेत्रमा सहकार्यको सम्भाव्यता रहेको सो अवसरमा औल्याइयो । दुवै देशमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता आदान प्रदान हुन सकेमा लगानीको सम्भाव्यता पहिचान तथा आर्थिक एवं व्यापारिक सम्बन्धलाई थप प्रगाढ पार्न सहयोग पुग्ने धारणा सो अवसरमा व्यक्त गरियो ।

सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले इण्डोनेशियन राजदुतको स्वागत गर्नुहुंदै दुवै देश बीचको दौत्य सम्बन्ध अत्यन्त प्रगाढ रहेको र अन्तर्राष्ट्रिय फोरममा पनि नेपाल र इण्डोनेशिया बीचको सहकार्य अत्यन्त घनिभुत रहेकाले यो सम्बन्धलाई आपसी आर्थिक तथा व्यावसायिक प्रवद्र्धनमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । संविधान निर्माणसंगै नेपाल विकास निर्माणतर्फ अगाडी बढ्ने तरखरमा रहेकाले पर्याप्त वैदेशिक लगानी, पूंजी तथा अनुभवको आवश्यकता रहेको स्पष्ट पार्नुहुंदै अध्यक्ष पाण्डेले लगानीका लागि नेपाल यतिखेर सही गन्तव्य भएको बताउनु भयो । महासंघले लगानीका लागि ५० परियोजना तयार गरेको बताउनु हुंदै उहांले ती परियोजनामा लगानीका लागि इण्डोनेशियालाई आग्रह समेत गर्नुभयो ।

महासंघका उपाध्यक्षद्वय किशोर प्रधान र दिनेश श्रेष्ठ तथा कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको सो अवसरमा नेपालका लागि इण्डोनेशियाका राजदुत इवान इरानाता अताम्द्जा (IWAN WIRANATA-ATMADJA, Ambassador of Indonesia to Nepal) ले आर्थिक विकासमा इण्डोनेशियाको अनुभव नेपाललाई बांड्न चाहेको बताउनु हुंदै त्यस्तो अनुभव नेपालको पर्यटन विकास, लघु तथा लघु उद्योग, शैक्षिक विकासमा हुन सक्ने स्पष्ट पार्नुभयो । नेपालको प्रवर्द्धनका लागि कुटनीतिक तवरबाट आफूले निकै धेरै प्रयास गरेको बताउनु हुंदै राजदुत अताम्द्जाले यसका लागि उच्चस्तरीय व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमण, आर्थिक तथा व्यापारिक सूचनाको आदान प्रदानमा जोड दिनु भयो । साथै उहांले आगामी अक्टोवरमा इण्डोनेशियामा आयोजना हुने अन्तराष्ट्रिय व्यापार मेला (29th International Trade Fair) मा महासंघका तर्फबाट नेपाली उद्यमी व्यवसायीहरु सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिताका लागि महासंघका अध्यक्षलाई निम्तो समेत दिनु भयो ।

Meeting

नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्य दूत तथा महासंघको कार्यकारिणी समितिका सदस्य चन्द्र प्रसाद ढकालले आपसी सहकार्य, लगानी तथा प्रविधि आदान प्रदानका क्षेत्रमा कार्यगर्न महासंघ जस्तै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाको पहलमा एक स्थायी संयन्त्र गठन हुनु पर्नेमा जोड दिनु भयो ।

धन्यवादका क्रममा महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले आपसी भ्रमण, भेटघाट तथा छलफल दुई देश बीच रहेको सम्भाव्यताको पहिचानका लागि महत्वपूर्ण माध्यम हुने बताउनु हुंदै आपसी सम्बन्ध विस्तार तथा लगानीका क्षेत्रहरुको पहिचानमा महासंघले राजदुतावाससंग नजिकमा रहेर कार्य गर्ने बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.