»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क उवासंघको प्रतिनिधिमण्डल महासंघ सचिवालयमा, क्षेत्रीय व्यापार अभिवृद्धिमा जोड (२०७१/२/१)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे र सार्क उद्योग वाणिज्य संघका अध्यक्ष इस्माइल असिफ (Ismail Asif, President, SAARC Chamber of Commerce and Industry-SCCI) को नेतृत्वमा नेपाल भ्रमणमा आएको सार्क उवासंघ प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा क्षेत्रीय आर्थिक एवं व्यापारिक विषयमा भेटवार्ता सम्पन्न भयो ।

SCCI Delegation

यसवर्ष नेपालमा हुने सार्क शिखर सम्मेलनका अवसरमा निजी क्षेत्रका तर्फबाट सार्क उवासंघले उठान गर्नुपर्ने मुद्दाहरुका विषयमा बैठकमा छलफल भयो । बैठकमा क्षेत्रीय व्यापार प्रवद्र्धनमा देखापरेका अवरोधहरु, यस क्षेत्रको पर्यटन विकास, लगानी प्रवद्र्धन, क्षेत्रीय व्यापार विस्तार, पूर्वाधार विकास लगायतमा छलफल भयो । बैठकमा सार्क उवासंघको अगुवाईमा लगानी प्रवद्र्धनका लागि सार्क क्षेत्रीय लगानी सम्बन्धी शिखर सम्मेलन र क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु आयोजना गर्नुपर्ने सुझावहरु राखिएको थियो ।

उक्त भेटवार्तामा सार्क उवासंघका पूर्व अध्यक्ष श्री विक्रमजीतसिंह सानिया (Shri Vikramjit Singh Sahney, India), सार्क उवासंघका वरिष्ठ उपाध्यक्ष एवं महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, संघका उपाध्यक्ष एवं पाकिस्तान उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष इफ्तिखार अलि मल्लिक (Iftikhar Ali Malik, Vice President, SAARC CCI (Pakistan) & Former President FPCCI), संघका महासचिव मोहम्मद इकवाल तविस (Muhammad Iqbal Tabish, Secretary General SCCI), सार्क उवासंघमा नेपालको तर्फबाट कार्यकारिणी समिति सदस्यहरु चन्द्र प्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, ओमवहादुर राजभण्डारी, शंकरप्रसाद पाण्डे, ध्रुवकुमार श्रेष्ठ, राजेन्द्रमान शेरचन र आरवी रौनियार सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले सार्क उवासंघका नव निर्वाचित अध्यक्ष इस्माइल असिफलाई बधाई दिनुहुंदै उहांको कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । अध्यक्ष पाण्डेले महासंघ सार्क उद्योग वाणिज्य संघको हरेक गतिविधिमा सक्रिय रुपमा क्रियाशिल रहेको वताउंदै केही वर्ष अघि महासंघकै आतिथ्यतामा काठमाडौंमा सार्क क्षेत्रका व्यवसायिक नेताहरुको क्षेत्रीय सम्मेलन सम्पन्न भएको स्मरण गराउनु भयो ।

SCCI Delegation

क्षेत्रीय व्यापारको अधिक सम्भाव्यता हुंदाहुंदैपनि अन्य क्षेत्रीय संगठनहरु जस्तो आसियान, यूरोपियन यूनियनको तुलनामा यस क्षेत्रको अन्तर व्यापार निकै न्यून रहेको धारणा राख्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले यसका लागि यस क्षेत्रका व्यवसायिक समुदायबाट नेतृत्वदायी भूमिकाको आवश्यकता औल्याउनु भयो । उहांले सार्क उद्योग वाणिज्य संघले यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । साथै उहांले सार्क उवासंघका नवनिर्वाचित अध्यक्षको कार्यकालमा क्षेत्रीय आर्थिक अभिवृद्धिका माध्यमबाट यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा निकै धेरै कार्यहरु हुने अपेक्षा गर्नुभयो । सार्क संगठनलाई बढी परिणामदायी र सशक्त संस्थाको रुपमा परिणत गर्न यस क्षेत्रका निजी क्षेत्रको चाहना रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । यस क्षेत्रको व्यापार अभिवृद्धिमा देखा परेका अवरोधहरुलाई सामूहिक रुपमा पन्छाउनु पर्ने उहांको सुझाव थियो ।

सार्क उवासंघका अध्यक्ष इस्माइल असिफ (Ismail Asif, President, SAARC Chamber of Commerce and Industry-SCCI) ले संघलाई क्षेत्रीय आर्थिक समृद्धिको वलियो र सशक्त संस्थाको रुपमा विकास गर्न आफ्नो कार्यकालमा जोड दिने वताउंदै यसका लागि सार्क उवासंघका सदस्य उद्योग वाणिज्य संघ/महासंघहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.