»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको कार्यकारिणी समितिको दोश्रो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न (२०७१/२/९)


FNCCI EC Meeting

नेपाल उद्योग वाणिज्य महासंघको ४८ औ वार्षिक साधारण सभाबाट निर्वाचित महासंघको कार्यकारिणी समितिको दोस्रो बैठक महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज महासंघ सचिवालय, टेकूमा बस्यो ।

FNCCI EC Meeting

महासंघका निवर्तमान अध्यक्ष, महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरु गरि ५३ जनाको सहभागिता रहेको उक्त बैठकमा महासंघको विशेष साधारण सभा, महासंघका विभिन्न विषयगत समिति, फोरम गठन, नेपाल सरकारको आगामी बजेट लगायत विविध विषयमा छलफल भई देहायका निर्णयहरु भयो ।

निर्णयहरु

१. महासंघको विशेष सधारण सभा यही जेष्ठ २८ गते, बुधवार, काठमाडौंमा आयोजना गर्ने ।

२. महासंघको विभिन्न समिति/फोरम/कार्यदलका सभापति, संयोजकको चयन र समिति गठन सम्बन्धमा अध्यक्ष र पदाधिकारीहरुलाई निर्णय गर्न अधिकार दिने ।

३. महासंघको मौजूदा विधान एक वर्ष भित्र संशोधन गर्ने गरि एक कार्यदल गठन गर्ने ।

४. उर्जा कटौती, श्रम तथा उद्योग क्षेत्रका समस्या तथा संभावनाका विषयमा सरोकारवाला मन्त्रीहरुको सहभागितामा छिटै छुट्टाछुट्टै कार्यक्रम गरि निजी क्षेत्रको सुझाव दिने ।

५. मीस म्याच, न्यून विजकीकरण र भ्याट थ्रेस होल्डको समस्या सम्वन्धमा महासंघले आगामी वजेटबाट संवोधन गराउन पहल गर्ने ।

६. २२ वटा जिल्लामा कर कार्यालय भएको सन्दर्भमा त्यस्ता कर कार्यालय नभएका अन्य जिल्लाहरुमा महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुबाट सेवा उपलव्ध गराउने गरि व्यवस्था गर्न पहल गर्ने ।

७. नयां बजेटमा निजी क्षेत्रको सुझाव पेश गर्न महासंघले काठमाडौंमा छिटै एक कार्यक्रमको आयोजना गर्ने ।

FNCCI EC Meeting

साथै बैठकले महासंघको कार्यकारिणी समितिका सदस्य श्री गोपाल खनालकी ममतामयी आमा र महासंघका महानिर्देशक डा. हेमन्त दवाडीकी ममतामयी आमाको हालै भएको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्‍यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.