»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बेलायती सरकार नेपालसंगको आर्थिक र व्यापारीक सम्बन्ध बढाउने पक्षमा (२०७१/२/२०)


बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले नेपाल र बेलायत बीच आर्थिक सम्बन्ध विस्तार भएको हेर्न चाहको बताउनु भएको छ । विदेश राज्यमन्त्री तथा उहांको नेतृत्वमा आएको बेलायती लगानीकर्ताहरुको सम्मानमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रम माउहांले यस्तो बताउनु भएको हो ।

British FM

सो कार्यक्रममा विदेश राज्यमन्त्री स्वायरले नेपालमा लगानीका प्रशस्त संभावनाहरु रहेको र उचित वातावरण निर्माणभएमा बेलायती लगानीकर्ताहरु नेपालमा लगानीगर्न इच्छुक रहेको बताउनु भयो । उहांले नेपालमा राजनीतिक वातावरण सुदृढ हुदै गएकोमा खुशी व्यक्तगर्नु हुदै नेपाल र बेलायतबीच रहेको करिब दुई शतकलामो सम्बन्धलाई आर्थिक रुपमापनि सुदृढ गर्दै लानु पर्नेमाजोड दिनु भयो ।

बेलायती लगानीकर्ताहरुको स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डेले विदेश राज्यमन्त्री स्वायर र उहांको नेतृत्वमा आएका बेलायती लगानीकर्ताहरुको भ्रमणले नेपालमा लगानीको वातावरणमा केही सुधार आएको संकेत गरेको बताउनु भयो । लगानीको वातावरणको सम्बन्धमा कुरा गर्दै अध्यक्ष पाण्डेले केही वर्ष अघिको नेपाल र अहिलेको नेपालमा निकै परिवर्तन आएको तर अझै पनि नेपालले आफूलाई विश्वमा लगानीयोग्य गन्तव्यको रुपमा स्थापित गर्न निकै कार्यहरु गर्न बांकी रहेको बताउनु भयो ।

बेलायती मन्त्री र उहाँका साथ आएको प्रतिनिधि मंण्डलको स्वागत गनु हुदै महासंघका अध्यक्ष पाण्डेले नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई अझ मजबूत र सुदृढ पार्न निजी क्षेत्रबीच निरन्तर रुपमा छलफल र भेटघाटहुनु पर्ने माजोड दिनुहुदै यस सम्बन्धमा नेपालको निजी क्षेत्रको छाता संगठनको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तत्पर रहेको समेत बताउनु भयो ।

कार्यक्रममा नेपालकालागि बेलायती राजदूत एण्डी स्र्पाक्सले नेपाल र बेलायत बीच आर्थिक सम्बन्ध विस्तार गर्न आफू सधै क्रियाशील रहने बताउनु भयो ।

कार्यक्रममा नेपालको शिक्षा, उर्जा, पूर्वाधार, पर्यटन क्षेत्रसंग सम्बन्धित उद्यमी व्यवसायीहरु एंव बेलायती प्रतिनिधि मंण्डलका सदस्यहरुको अतिरिक्त महासंघका पदाधिकारीहरु एंव नेपाल स्थित बेलायती दुतावासका उच्च अधिकृतहरुको पनि उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.