मे २८ देखि प्रारम्भ भई जुन १२, २०१४ सम्म स्वीटजरल्याण्डको जेनेभामा जारी रहने अन्तर्राष्र्ट्रिय श्रम सम्मेलनको १०३ औं महाधिवेशनमा नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिई रहनुभएका महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति श्री शेखर गोल्छाले जून ६ का दिन अन्तराट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्नु भयो ।
उक्त सम्मेलनमा श्री गोल्छाले संसारभरीनै व्यवसायिक वातावरण छिटो छिटो परिवर्तन हुंदै गएको र यसको प्रत्यक्ष असर व्यवसाय संचालनमा परेको कुरा उल्लेख गर्दै व्यवसायको दीगो विकास, रोजगारी सिर्जना, कार्य अवस्था र श्रमिकको जीवनस्तर सुधार अहिले सवैको लागि चुनौतिपूर्ण रहेको बताउनु भयो । नेपाल जस्ता विकासशील मुलुक न्यून आर्थिक वृद्धि, पर्याप्त लगानीको अभाव एवं साधनको कमीका कारण समस्या भोगीरहेको र नेपालको निजी क्षेत्र आर्थिक विकासको लागि प्रयत्नशील रहेको चर्चा गर्नु भयो ।
सो अवसरमा श्री गोल्छाले रोजगारीको लागि विदेशीन बाध्य भएका बेरोजगार युवा शक्तिलाई स्वदेश भित्रै रोजगारी उपलब्ध गराउनु पर्ने कुरामा जोडदिंदै यस्का लागि सवैका संयुक्त प्रयास आवश्यक भएको र रोजगारी श्रृजना एवमं गरिवी निवारणका लागि मुलुकमा राजनीतिक स्थिरता संगै लगानी आकर्षण गर्न नीतिगत सुधारको आवश्यता माथि जोडदिनु भयो ।
नेपालको रोजगारदाताहरुले श्रम सम्बन्ध सुधारलाई उच्चमहत्व दिएको बताउंदै ट्रेड यूनियनसंगको सहकार्य र सामाजिक सम्बादबाट श्रम क्षेत्रका समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ प्रयासरत रहेको चर्चा गर्नु भयो ।
संवोधनको क्रममा उपाध्यक्ष श्री शेखर गोल्छाले सवै जसो विकासशील मुलुक न्यून आर्थिक वृद्धि, बेरोजगारी जस्ता समस्या भोगिरहेको यथार्थ प्रस्तुत गर्दै विकासशील मुलुकहरुको समस्यालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय श्रम संगठनले उपयुक्त कार्यक्रम र नीति अवलम्बन गर्नु आवश्यक भएको कुरामा जोड दिनु भयो । ।
सरकार, रोजगारदाता र ट्रेडयूनियनका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता माननीय श्रम तथा रोजगार राज्यमन्त्री टेक वहादुर गुरुङ्गले नेपाल सरकारको तर्फवाट उक्त संमेलनलाई सम्वोधन गर्ने कार्यक्रम छ । साथै ट्रेडयूनियनका प्रतिनिधिहरुले पनि सो संमेलनलाई सम्वोधन गर्ने कार्यक्रम छ ।