»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नवौं चीन-दक्षिण एशिया व्यवसायिक फोरमलाई महासंघका अध्यक्ष पाण्डेद्वारा संवोधन : यस क्षेत्रको आर्थिक प्रगतिका लागि भिषा सरलीकरणमा जोड (२०७१/२/२६)


जनवादी गणतन्त्र चीनको युनान प्रान्तको कुनमिङ शहर (Kunming, China) मा आयोजित नवौं चीन-दक्षिण एशिया व्यावसायिक फोरम (9th China-South Asia Business Forum) को बैठकलाई महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले कुनमिङस्थित युनान कन्भेन्सन सेन्टरमा संवोधन गर्नुभयो ।

FNCCI Delegation

अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीनियां परिषद्को युनान प्रान्त उपपरिषद (China Council for the Promotion of International Trade - CCPIT, Yunnan Sub-Council) र चीन-दक्षिण एशिया व्यवसायिक फोरम सचिवालय (Secretariat, China-South Asia Business Forum) को आयोजना तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीनियां परिषदको युनान सरकार (CCPIT, The Peoples Government of Yunnan Province China), सार्क उद्योग वाणिज्य संघको सहयोगमा आयोजित बैठकमा पर्यटन तथा सेवा क्षेत्र विषयक सत्रलाई महासंघका अध्यक्ष पाण्डेले संवोधन गर्नु भएको थियो ।

उक्त बैठकको प्रारम्भमा वंगलादेशका प्रधानमन्त्री शेख हासिना, सार्कका महासचिव अर्जुन वहादुर थापा, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषदका उपाध्यक्ष यू पिङ (YU Ping, Vice Chairman, China Council for the Promotion of International Trade - CCPIT), चिनिया कम्युनिष्ट युनान प्रान्तीय कमिटिका सचिव क्वीन गुवाङरोङ (Qin Guangrong, Secretary, CPC, Yunan Province Committee), माल्द्विभ्सका उपराष्ट्रपति डा. मोहमद् जमिल अहमद (Dr. Mohamad Jameel Ahmed, Vice President of the Republic of Maldives), श्रीलंकका उद्योग वाणिज्य मन्त्री रिसाद वैथद्नि (Rishad Baithudeen, Minister of Industry and Commerce of Sri Lanka), सार्क उद्योग वाणिज्य संघका अध्यक्ष इस्मायिल असिफ (Ismail Asif, President, SCCI) मुख्य वक्ता हुनुहुन्थ्यो भने सार्क उवासंघका महासचिव इकवाल तविस (Iqbal Tabish, Secretary General, SCCI) ले कार्यक्रमको समन्वय गर्नु भएको थियो । बैठकमा सार्क क्षेत्रको आर्थिक तथा व्यापारिक प्रवर्द्धन तथा समग्र आर्थिक उन्नतीका लागि भिषा सरलीकरण, पूर्वाधार निर्माण लगायतमा विशेष जोड दिइएको थियो ।

FNCCI Delegation

आफ्नो मन्तव्यमा अध्यक्ष पाण्डेले दक्षिण एशियाली राष्ट्रहरु बीचको समन्वय र चीनको विकास रणनीति बीच तादाम्यता मिलाएर जान सकिएमा यस क्षेत्रकै आर्थिक उन्नतीमा सहयोग पुग्ने बताउनु भयो । यसका लागि चीन दक्षिण एशिया व्यवसायिक फोरम प्रभावकारी माध्यम हुने उहांको धारणा थियो । महासंघका अध्यक्ष पाण्डेले यसका लागि सार्क उद्योग वाणिज्य संघ र सीसीपीआइटीको अग्रसरतामा चीन दक्षिण एशिया आर्थिक सहयोग सम्भाव्यता विषयमा अध्ययन गर्न प्रस्ताव समेत राख्नु भयो ।

अध्यक्ष पाण्डेले चिनिया रेल सेवा नेपाल भएर अन्य दक्षिण एशियाली मुलुकहरुसंग जोड्न सकिने ठूलो सम्भावना रहेको र यसले यी विशाल अर्थतन्त्रलाई एकाकार गर्ने दावी पनि गर्नुभयो । ल्हासा सिगात्से रेल मार्ग यस क्षेत्रको द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवद्र्धन तथा आपसी सम्पर्क विस्तारमा महत्वपूर्ण कडी हुने उहांको धारणा थियो ।

मित्रराष्ट्र चीनले छोटो समयको दरमियानमा विश्वलाई नै चकित पार्नेगरि गरेको आर्थिक प्रगति र मजवुद हुंदै गएको दक्षिण एशियाली अर्थतन्त्र बीचको सहकार्य यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा कोशेढुंगा हुने उहांले बताउनु भयो । आउंदा दिनमा चीन र दक्षिण एशिया बीचको आर्थिक सम्बन्ध विश्वका लागि प्रेरणादायी हुने उहांले वताउनु भयो । यस क्षेत्रमा लगानीको पर्याप्त सम्भाव्यता रहेको औल्याउनु हुंदै अध्यक्ष पाण्डेले चीनले उत्पादन मुलक क्षेत्रमा हासिल गरेको प्रगति तथा विज्ञता दक्षिण एशियाली राष्ट्रहरुका उद्योगधन्दाहरुको विस्तार तथा प्रतिस्पर्धी क्षमता विकासमा महत्वपूर्ण सहयोगी हुने विश्वास प्रकट गर्नुभयो । चीन र दक्षिण एशियाले संयुक्त लगानी प्रवद्र्धन, वौद्धिक वर्ग, निजी उद्यमी व्यवसायी र आम जनताको सहज आवत जावतमा प्रोत्साहन गर्न आवश्यक छ भन्नु हुंदै अध्यक्ष पाण्डेले आर्थिक क्षेत्र, सरोकारवाला संस्थाहरु तथा व्यक्तिगत तहमा समेत छलफल तथा संवादलाई बढाउन फोरमले मार्ग निर्देश गर्ने अपेक्षा गर्नु भयो ।

आफ्नो संवोधनमा अध्यक्ष पाण्डेले भन्नु भयो - दुई विशाल छिमेकी राष्ट्र, विश्व अर्थतन्त्रका उदीयमान महारथी भारत र चीन बीचमा रहेको नेपालले दुवै देशसंग एक अशल छिमेकी राष्ट्रको सम्बन्ध स्थापित गर्न सफल भएको छ । लगानीका लागि अधिकतम संभावना रहेको नेपाल दक्षिण एशिया र चीनलाई जोड्ने माध्यम हुन सक्दछ । नेपालका तुलनात्मक लाभका क्षेत्र र लगानीका सवैभन्दा बलिया र प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, सेवा क्षेत्रमा लगानी गर्न चीन तथा दक्षिण एशियाली लगानीकर्ताहरुलाई आग्रह गर्दछु ।

नेपाल, चीन सहित दक्षिण एशियाका अन्य देशहरुमा समेत वौद्धमार्गीहरु रहेकाले दक्षिण एशिया र चीन बीच पर्यटन प्रवद्र्धनका लागि वौद्ध धर्मावलम्वीहरुको मार्ग (Buddhist Religious Circuit) अवधारणा शीघ्र कार्यान्वयन गर्न सकिने धारणा अध्यक्ष पाण्डेले राख्नु भयो । उहांले नेपाल र चीन बीच धार्मिक पर्यटन प्रवद्र्धनको सम्भाव्यता औल्याउनु हुंदै नेपालमा चिनिया पर्यटन आकर्षणका लागि तिव्वत घुम्न जाने चिनिया पर्यटक तथा पर्यटन व्यवसायीहरुलाई नेपालको पनि भ्रमण गरिदिन आग्रह गर्नुभयो । उहांले यसलाई अझ बढी परिणाममुखी बनाउन सूचनाको आदान प्रदान, व्यवसायिक भ्रमण, नेपाली पर्यटन व्यवसायीहरुलाई चिनिया पर्यटन बजारको अध्ययन, यस सम्बन्धी ज्ञान तथा प्रविधिको आदान प्रदानमा जोड दिनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर रुपमा काठमाडौं कुनमिङ हवाई सम्पर्क विस्तारमा जोड दिएकै कारण आज काठमाडौं कुनमिङ हवाई सम्पर्क विस्तार हुन सकेको उहांले स्मरण गर्नुभयो । कुनमिङ, छिङदू, ग्वाङझाउ बीचको हवाई सम्पर्कले पर्यटन विकासमा ठूलो सघाउ पुऱ्याएको स्पष्ट पार्नुहुंदै आगामी दिनमा चीनका महत्वपूर्ण शहरहरु सांघाई, वेइजिंगसंगको हवाई सम्पर्क विस्तारमा समेत उहांले जोड दिनु भयो ।

नेपालका करिव ७,७८६ उत्पादनहरुको चीन प्रवेशमा चीन सरकारले शुन्य भंसार महसुल सुविधा उपलव्ध गराएको प्रति आभार प्रकट गर्नुहुंदै अध्यक्ष पाण्डेले व्यापार घाटा कम गर्न यसको सही कार्यान्वयनमा विशेष जोड दिनु भयो । चीन र दक्षिण एशिया बीचको व्यापार दीगो हुनु पर्नेमा जोड दिनु हुंदै अध्यक्ष पाण्डेले व्यापार सहजीकरणका लागि वातावरण निर्माण, पूर्वाधार विकास, भंसार विन्दूहरुको आधुनिकीकरण, गुणस्तर सुधार आदिमा ध्यान दिनु पर्ने सुझाव राख्नु भयो ।

उक्त विषयमा चीन तथा दक्षिण एशियाली राष्ट्रहरुका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले समेत संवोधन गर्नु भएको थियो । बैठक पश्चात महासंघका अध्यक्ष पाण्डेले चीन तथा सार्क राष्ट्रका उद्यमी व्यवसायीहरुसंग द्विपक्षीय भेटवार्ता समेत गर्नुभयो ।

FNCCI Delegation

त्यसअघि महासंघका अध्यक्ष पाण्डेले कुनमिङमा आयोजित दोश्रो चीन दक्षिण एशिया मेला (2nd China-South Asia Expo),२२ औं कुनमिङ आयात निर्यात प्रदर्शनी (22nd Kunming Export/Import) समुद्घाटन समारोहमा भाग लिनु भयो । दोश्रो चीन दक्षिण एशिया मेलाका अवसरमा राखिएको नेपाल पेभिलियनको सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोइरालाले समुद्घाटन गर्नु भएको थियो । यस वर्षको दोश्रो चीन दक्षिण एशिया मेलामा नेपाललाई अयगलतचथ या जयलयच को रुपमा निम्ताइएको थियो । उक्त मेलामा नेपालको थिम पेलिलियनका साथै पांच दर्जन भन्दा बढी नेपाली स्टलहरु राखिएको छ । उक्त मेलामा दक्षिण एशिया, दक्षिण पूर्वी एशिया लगायतका राष्ट्रहरुको सहभागिता रहेको छ । मेला आगामी जेष्ठ २८ गतेसम्म चल्ने छ ।

अध्यक्ष पाण्डेको नेतृत्वमा चीनमा गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किशोर प्रधान, महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासंघका कारिणी समितिका निवर्तमान सदस्य ध्रुवराज श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल जोन्छे, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगतवावु जोशी, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुरेन्द्र भाई शाक्य, ललितपुर उवासंघका महासचिव सविनलाल श्रेष्ठ, दाङ उद्योग वाणिज्य संघका सदस्य ज्ञानेन्द्र श्रेष्ठ, महासंघका सहायक निर्देशकद्वय विष्णु राज ढकाल र विदुरचन्द्र लामिछाने, उद्योग संगठन मोरग्का प्रमुख कार्यकारि सोमनाथ अधिकारी, आर्थिक पत्रकार हरिशरण न्यौपाने हुनुहुन्थ्यो ।

फोरम बैठकमा आयोजित नविन उर्जा तथा लगानी विषयमा चीन तथा दक्षिण एशियाली राष्ट्रहरुका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले संवोधन गर्नुभएको थियो । नवौं चीन-दक्षिण एशिया व्यावसायिक फोरम जेष्ठ २४ गते र दोश्रो चीन दक्षिण एशिया मेला (2nd China-South Asia Expo), २२ औं कुनमिङ आयात निर्यात प्रदर्शनी (22nd Kunming Export/Import) समुद्घाटन जेष्ठ २३ गते भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.