»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष पाण्डे टर्की वल्र्ड ट्रेड ब्रीज सम्मेलनमा भाग लिन इस्तानवुल प्रस्थान (२०७१/३/३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे टर्की उद्योग वाणिज्य परिसंघ (The Confederation of Businessmen and Industrialists of Turkiye-TUSKON) को आयोजनामा यही असार ४ र ५ गते (June 18-19, 2014) टर्कीको इस्तानवुलमा हुने टर्की वल्र्ड ट्रेड ब्रीज (Turkiye World Trade Bridge-2014) विषयक अन्तराष्ट्रिय व्यवसायिक सम्मेलन (International Business Summits) मा भाग लिन त्यस तर्फ प्रस्थान गर्नुभयो ।

टुसकानले यस प्रकारको अन्तराष्ट्रिय व्यवसायिक सम्मेलनको शुरुवात सन् २००६ देखि गर्दै आएको छ । उक्त कार्यक्रममा नेपालबाट सरकारी, उद्यमी व्यवसायी, संचारकर्मी लगायतको सहभागिता रहेको छ ।

यस कार्यक्रममा क्षेत्रगत रुपमा यसपटक विशेषगरि निर्माण, निर्माण सामग्री, फर्निचर तथा यससंग सम्बन्धित औजारहरु मुख्य केन्द्रविन्दूमा राखिएको छ । कार्यक्रमका दौरान उत्पादन प्रदर्शनी, आपसी व्यवसायिक बैठक, भेटघाट, इस्तानवुलको ऐतिहासिक सांस्कृतिक क्षेत्रहरुको भ्रमण, उद्योग प्रतिष्ठानहरुको भ्रमण, टर्कीका विभिन्न व्यवसायिक क्षेत्रहरुको भ्रमण गराइने छ ।

उक्त कार्यक्रमका दौरान महासंघका अध्यक्षले नेपाली निजी क्षेत्रको तर्फबाट नेपालमा औद्योगिक एवं व्यवसायिक अवसरहरु तथा नेपालमा टर्की लगायत सहभागी देशका लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गर्नुहुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.