»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका कार्यवाहक अध्यक्ष मुरारका र अमेरिकी विदेश मन्त्रालयका अधिकारी बीच भेटवार्ता (२०७१/३/५)


SCCI Delegation

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र संयुक्तराज्य अमेरिकाको विदेश मन्त्रालय (US Department of State) का निर्देशक स्टिभन एच. फ्यागिन (Steven H. Fagin) बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो । सो अवसरमा नेपालको व्यवसायिक वातावरणका सम्बन्धमा छलफल भयो ।

महासंघका उपाध्यक्षद्धय किशोर कुमार प्रधान र शेखर गोल्छा तथा महानिर्देशक डा. हेमन्त दवाडी सहभागि रहनु भएको उक्त भेटवार्तामा कार्यवाहक अध्यक्ष मुरारकाले केही समययता नेपालको व्यवसायिक वातावरणमा सुधार आइरहेको र दोश्रो संविधान सभा निर्वाचनको सफलता र तत्पश्चातका विकसित घटनाक्रमहरुले निजी क्षेत्रको व्यवसायिक आत्मबल बढेको बताउनु भयो ।

कार्यवाहक अध्यक्ष मुरारकाले निश्चित समयावधिमा नै संविधान लेखनको कार्य सम्पन्न भएमा राजनीतिक स्थिरतामा अझ सुदृढ हुदै जाने विश्वास समेत व्यक्त गर्नु भयो । सो अवसरमा नेपालको विद्यमान अर्थतन्त्र र लगानीको वातावरणका सम्बन्धमा पनि छलफल भयो ।

सो अवसरमा अमेरिकाको विदेश मन्त्रालय (US Department of State) का निर्देशक स्टिभन एच. फ्यागिन (Steven H. Fagin) ले नेपालमा विकसित घटनाक्रमहरुले नेपाली उद्योगी व्यवसायीमा बढेको आत्मविश्वासबाट आफू निकै प्रभावित भएको बताउनु हुदै नेपालको आर्थिक विकासमा सक्दो सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनु भयो । उहांले आफ्नो भ्रमण नेपाल चिन्ने उद्देश्यमात्र रहेको बताउनु हुदै यस क्रममा नेपाली युवा उद्यमीहरुसंगको साक्षात्कार र उनीहरुमा देखिएको सकारात्मक सोच र भावनाको प्रशंसा गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.