»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष पाण्डेबाट नेपाल-टर्की व्यवसायिक परिषद्लाई संवोधन : लगानीको वातावरण बन्दै गएकाले टर्कीस लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह (२०७१/३/६)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपाल-टर्की व्यवसायिक परिषद् (Nepal-Turkey Business Council) को पहिलो संयुक्त बैठकलाई विहिवार इस्तानवुलमा संवोधन गर्नु भयो । महासंघका अध्यक्ष पाण्डे टर्की उद्योग वाणिज्य परिसंघ (The Confederation of Businessmen and Industrialists of Turkiye-TUSKON) को आयोजनामा टर्कीको इस्तानवुलमा भएको टर्की वल्र्ड ट्रेड ब्रीज (Turkiye World Trade Bridge-2014) विषयक अन्तर्राष्ट्रिय व्यवसायिक सम्मेलन (International Business Summit) मा भाग लिने क्रममा हाल टर्कीमा हुनुहुन्छ ।

Delegation to Turkey

सो बैठकलाई संवोधन गर्नुहुंदै अध्यक्ष पाण्डेले नेपाल टर्की बीच रहेको प्रगाढ दौत्य सम्बन्धबाट फाइदा उठाउदै आर्थिक सम्बन्धलाई पनि त्यतिकै मजवुद तथा प्रगाढ बनाउनु पर्नेमा जोड दिनु भयो । दुई देश बीच सन् १९६२ मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।

अध्यक्ष पाण्डेले आर्थिक व्यावसायिक सम्बन्ध तथा लगानी विस्तारका लागि सन् २०१० मा दुवै देशका सरकारबाट गठन भएको द्विपक्षीय परामर्श संयन्त्र (bilateral consultation mechanism) लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । महासंघका अध्यक्ष पाण्डेले एकअर्का देशमा आ-आफ्ना देशका राजदुतावास स्थापनामा पनि जोड दिनु भयो । नेपाल टर्की बीच व्यापार तथा लगानी प्रवर्द्धनको पर्याप्त सम्भाव्यता रहेको उहांले औल्याउनु भयो । अध्यक्ष पाण्डेले भन्नुभयो - एकअर्का देशमा कुटनीतिक निकाय स्थापना भएमा आपसी आर्थिक सम्बन्ध थप प्रगाढ र मजवुद गर्नमा मद्दत पुग्ने छ ।

हालैको एक तथ्यांक अनुसार नेपाल र टर्की बीचको व्यापार परिणाम करिव २० मिलियन अमेरिकी डलर वरावरको रहेको छ जुन नेपालको कुल वैदेशिक व्यापारको एक प्रतिशत भन्दा कम हो । त्यसैगरि नेपालमा करिव ७ मिलियन अमेरिकी डलर वरावरको टर्कीको लगानी रहेको र अत्यन्त न्यून उक्त लगानी सेवा क्षेत्रमा रहेको छ । निरन्तर सम्पर्क, छलफल, भेटघाटबाट हामी बीचको सम्बन्ध प्रगाढ हुन गई आर्थिक सम्बन्ध विस्तारमा पनि सघाउ पुग्ने नेपाली निजी क्षेत्रको विश्वास रहेको बताउनु हुंदै अध्यक्ष पाण्डेले यसै विश्वासका आधारमा महासंघले नेपाल टर्की व्यावसायिक परिषद् गठन गरेको र यो भ्रमण पनि आपसी सम्पर्क विस्तार, छलफल तथा भेटघाटको निरन्तरता भएको बताउनु भयो ।

नेपालमा लगानीको वातावरण बन्दै गएको विश्वास दिलाउनु हुंदै अध्यक्ष पाण्डेले राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीको प्रतिवद्धता समेत बढ्दै गएकाले टर्कीस लगानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि आग्रह गर्नुभयो । सरकारले हालैमात्र दोश्रो तहको आर्थिक सुधार कार्यक्रम अगाडी बढाउने घोषणा गरेको र स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि आवश्यक ऐन कानूनहरु ल्याउने प्रतिवद्धता समेत जनाएकाले लगानीको वातावरण अझ बढ्ने विश्वास दिलाउनु भयो ।

प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायहरुले गर्ने अध्ययन अनुसन्धान मापन (World Bank Doing Business, Global Competitiveness Rank, Logistic Performance Index, Global Enabling Trade Index) मा नेपालले आफूलाई सुधार गर्दै गएको प्रतिवेदनहरुले देखाएका छन् । उर्जा, पूर्वाधार (जस्तो द्रुतमार्ग, रेलमार्ग, हवाई मार्ग), पर्यटन, खानी तथा खानीजन्य उद्योगहरु, सूचना तथा संचार प्रविधि, कृषि तथा सेवा क्षेत्रहरुमा लगानीको पर्याप्त सम्भाव्यता रहेकाले अध्यक्ष पाण्डेले अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानीका लागि आग्रह गर्नु भयो । टर्की एयरलाइन्सको काठमाडौं इस्तानवुल सिधा उडानबाट नेपालको पर्यटनलाई यूरोपसम्म जोडन सहयोग पुगेको वताउनु हुंदै आगामी दिनमा यसले व्यापार विस्तारमा समेत सघाउ पुरयाउने विश्वास प्रकट गर्नुभयो ।

आफ्नो संवोधनका क्रममा अध्यक्ष पाण्डेले भन्नु भयो - नेपाललाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट माथि उठाउने सरकारी लक्ष्य रहेको छ । यसका लागि पूर्वाधार विकासमा बढी भन्दा बढी लगानीको आवश्यकता रहेको छ । पूर्वाधार विकासमा टर्कीसंग रहेको अनुभव र नेपालमा लगानीको सम्भाव्यताका बीच तादाम्यता मिलाएर दुवै देशका निजी क्षेत्र सहकार्यमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

त्यसैगरि पर्यटन संयुक्त लगानीको अर्को महत्वपूर्ण क्षेत्र हुन सक्ने र टर्की विश्वमा लोकप्रिय गन्तव्य स्थल बन्दै गएको र पर्यटन क्षेत्रमा टर्कीले हासिल गरेको ज्ञान र अनुभवको फाइदा लिन नेपाल आतुर रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । साथै महासंघका अध्यक्ष पाण्डेले महासंघले हालै काठमाडौंमा आर्थिक शीखर सम्मेलन र व्यवसायिक शिखर सम्मेलनको आयोजना गरि नेपालमा लगानीका लागि तयारी अवस्थामा रहेका करिव ५० परियोजना सार्वजनिक गरेको स्मरण गराउंदै नेपालको विकास प्रयासमा सघाउ पुरयाउन टर्कीस लगानीकर्ताहरुलाई आग्रह समेत गर्नु भयो ।

Delegation to Turkey

सो बैठकमा परिषदका दुवै देशबाट अध्यक्षता गर्नुहुने क्रमश: नेपालबाट अखिल कुमार चापागाई र टर्कीबाट सिग्डेम पेनिन (Cigdem Penn, President, Turkey- Nepal Business Council) ले दुई देश बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण तथा सहकार्यमा परिषदको भूमिका सम्बन्धमा आआफ्नो धारणा राख्नु भएको थियो ।

महासंघका अध्यक्ष पाण्डे टर्की भ्रमण सम्पन्न गरि आइतवार स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.