लमजुङ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा एवं १५ औं अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले आज एक विशेष समारोहका बीच वेशीशहरमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि ढकालले स्थानीय उद्यमी व्यवसायीहरुले स्थानीय क्षेत्रमा उद्योग व्यवसाय गरि खान सक्ने वातावरण बनाइदिन सरकारसंग आग्रह गर्नुभयो । उहांले सरकारको आगामी वजेट मार्फत कर तथा राजश्वमा उद्यमी व्यवसायीहरुले भोग्नु परेका समस्या समाधान हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका विशेष अतिथि एवं महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले स्थानीय उद्यमी व्यवसायीहरुले भोग्नु परेका समस्या समाधानका लागि आगामी वजेट मार्फत संवोधन हुन महासंघले सरकारमा विशेष पहल गरिरहेको र आफ्ना सदस्य संघहरुको क्षमता विकासमा महासंघले कार्यक्रमहरु ल्याउने विश्वास दिलाउनु
भयो ।
संघका अध्यक्ष भेष बहादुर पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्यहरु भवानी राणा, दिपक लम्साल, दिलसुन्दर श्रेष्ठले साधारण सभाको सफलताका लागि शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा गण्डकी अंचलभित्रका सवै उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो ।
भोलीसम्म चल्ने संघको २८ औं वार्षिक साधारण सभाबाट संघको भावी नेतृत्व चयन गर्ने कार्यक्रम छ ।