»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका कार्यवाहक अध्यक्ष मुरारका र इटलियन राजदुत बीच भेटवार्ता (२०७१/३/८)


नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र नेपालका लागि नयांदिल्लीस्थित इटलीका राजदुत ड्यानीयल म्यानसिनी (H.E. Daniele Mancini, Ambassador of Italy to Nepal) बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भयो ।

Italian Amb

नेपालका लागि इटलीका अवैतनिक महावाणिज्य दुत एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ समेत सहभागी रहनु भएको उक्त भेटवार्तामा नेपाल र इटलीको निजी क्षेत्र बीच आपसी सम्बन्ध विस्तारका माध्यमबाट नेपालमा इटलीयन लगानी तथा प्रविधि आकर्षणमा विशेष जोड दिइयो ।

सो अवसरमा दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, नेपालमा इटलियन पर्यटक तथा लगानी आकर्षण लगायतका विषयमा छलफल भयो । सो अवसरमा निकट भविष्यमा दुई देश बीच आर्थिक सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले एक कार्यक्रम आयोजना गर्ने योजना रहेको राजदुतले जानकारी गराउनु हुंदै उक्त कार्यक्रमलाई सफल पार्न महासंघका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो ।

Italian Amb

भेटवार्तामा महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले नेपालमा इटलियन लगानी आकर्षणका लागि आग्रह गर्नुहुंदै राजदूतबाट प्रस्ताव गरिएको कार्यक्रमलाई सफल पार्न महासंघले सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहांले उक्त कार्यक्रमबाट आपसी आर्थिक सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास सहित नेपाली निजी क्षेत्र इटलियन निजी क्षेत्रसंग सहकार्य गर्न लालयित रहेकाले यसमा सहयोगका लागि राजदुत समक्ष आग्रह गर्नुभयो ।

साथै भेटवार्तामा आपसी आर्थिक सम्बन्ध विस्तारका लागि व्यवसायिक भ्रमणको आदान प्रदान, लगानीका सम्भाव्य क्षेत्रहरु, प्रमुख पर्यटकीय गन्तव्य स्थलहरुका विषयमा इटलीमा प्रवद्र्धन, हवाई सम्पर्क विस्तार लगायतमा विशेष जोड दिइएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.